शाहिद र कियाराको कबीर सिंहलाई ए सर्टिफिकेट  

खरीबोट

मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहलाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएपछि अब यो फिल्म बालबालिकाले हेर्न नपाउने भएका छन् ।

दक्षिण भारतको ब्लकबष्टर फिल्म अर्जुन रेड्डीको रिमेक कबीर सिंहमा शाहिद कपुर र कियारा आडवाणीको प्रमुख भूमिका रहेको छ । सेन्सरले एडल्ट सर्टिफिकेट दिनुमा यस फिल्ममा शाहिद कपुरले पागल प्रेमीको भूमिकामा रहेका छन् । जुन २१ मा रिलिज हुने यो फिल्म २ घण्टा २४ मिनेटको रहेको छ भने फिल्मलाई सन्दीप वांगाले निर्देशन गरेका छन् ।

फिल्मका निर्माताहरुले फिल्मलाई ए सर्टिफिकेट दिएपनि युवाहरुलाई फिल्मले आकर्षण गर्ने विश्वास रहेको छ । तर फिल्मले परिवार अडियन्सलाई भने प्रभाव पार्ने देखिएको छ ।

फिल्ममा शहिद र कियारा दुवै मेडिकल विद्यार्थी हुने र शाहिद (कबीर सिंह) ले कियारालाई जबर्जस्ती प्रेम गर्ने र अन्तत: कियाराको मन जित्न सफल हुने तर पछि दुवैबीच बिछोड हुने कथा रहेको बताइएको छ । कियारासँगको बिछोड पछि शाहिद कुलतमा फस्ने समेत फिल्ममा देखाइएको छ ।

फिल्मको ट्रेलर :
 

सम्बन्धित समाचार

बलिवुडका चर्चित पाँच डिभोर्स : जसले दुखाए फ्यानको मन

मुम्बई । बलिवुड फिल्मले मात्र होइन सेलिब्रेटिको प्रेम र विछोडले पनि सधै चर्चामा आउने गर्दछ । विश्वभर रहेका बलिवुडका फ्यानहरु आफ्ना प्रिय कलाकारको निजी जिन्दगीका बारेमा पनि उत्तिकै चासो राखिरहेका

वारको अगाडी प्रियंकाको 'द स्काई इज पिंक' फिका

काठमाडौँ । बलिवुडमा गत शुक्रबार रिलिज भएको अभिनेत्री प्रियंका चोपडाको फिल्म द स्काई इज पिंकले सुस्त सुरुवात गरेको छ । रिलिजको पहिलो दिन साढे २ करोड कमाई गरेको प्रियंकाको फिल्मले शनिबार

'वार' को बम्पर कमाई जारी, तोड्यो कैयौ रेकर्ड

मुम्बई । गत बुधबार रिलिज भएको अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्म 'वार' ले बक्स अफिस शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको सातौ दिन दुई करोडभन्दा बढी कमाई गरेको

बक्स अफिसमा 'वार' को बम्पर कमाई

मुम्बई । गत बुधबार रिलिज भएको अभिनेता ऋतिक रोशन र टाइगर सराफको फिल्म 'वार' ले बक्स अफिस शानदार कमाई गरेको छ । फिल्मले रिलिजको चौथो दिन सय करोड क्लब पार गरेको


z