• २०८१ बैशाख ८ शनिबार

शाहिद र कियाराको कबीर सिंहलाई ए सर्टिफिकेट  

kharibot

मुम्बई । बलिवुड अभिनेता शाहिद कपुर र कियारा अडवाणीको नयाँ फिल्म कबीर सिंहलाई भारतीय सेन्सर बोर्डले ए सर्टिफिकेट दिएपछि अब यो फिल्म बालबालिकाले हेर्न नपाउने भएका छन् ।

दक्षिण भारतको ब्लकबष्टर फिल्म अर्जुन रेड्डीको रिमेक कबीर सिंहमा शाहिद कपुर र कियारा आडवाणीको प्रमुख भूमिका रहेको छ । सेन्सरले एडल्ट सर्टिफिकेट दिनुमा यस फिल्ममा शाहिद कपुरले पागल प्रेमीको भूमिकामा रहेका छन् । जुन २१ मा रिलिज हुने यो फिल्म २ घण्टा २४ मिनेटको रहेको छ भने फिल्मलाई सन्दीप वांगाले निर्देशन गरेका छन् ।

फिल्मका निर्माताहरुले फिल्मलाई ए सर्टिफिकेट दिएपनि युवाहरुलाई फिल्मले आकर्षण गर्ने विश्वास रहेको छ । तर फिल्मले परिवार अडियन्सलाई भने प्रभाव पार्ने देखिएको छ ।

फिल्ममा शहिद र कियारा दुवै मेडिकल विद्यार्थी हुने र शाहिद (कबीर सिंह) ले कियारालाई जबर्जस्ती प्रेम गर्ने र अन्तत: कियाराको मन जित्न सफल हुने तर पछि दुवैबीच बिछोड हुने कथा रहेको बताइएको छ । कियारासँगको बिछोड पछि शाहिद कुलतमा फस्ने समेत फिल्ममा देखाइएको छ ।

फिल्मको ट्रेलर :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै