मनपरी काटिएका सडकले पहिरोको जोखिम

खरीबोट

डोटी । सुदूरपश्चिम प्रदेशको डोटीलगायत यहाँका अन्य पहाडी जिल्लामा मनपरी सडक काटिँदा पहिरोको जोखिम बढेको छ । गाउँगाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षणविनै खनिएका सडकले यहाँका पहाडी जिल्लामा पहिरोको जोखिम निम्त्याउन थालेको स्थानीयवासीको आरोप छ ।

यस्ता सडकका आसपासका बस्तीमा पहिरोको जोखिम बढेको स्थानीयवासी बताउँछन् । लाखाँै रकम खर्चेर निर्माण गरिएका ग्रामीण सडक वर्षात्को समय पानीले चिराचिरा हुनुका साथै आसपासका बस्तीसमेत विस्थापनको खतरमा परेको डाक्टर केआईसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीय तथा सवओभरसियर सुरेन्द्रविक्रम शाहीले बताए । “जथाभावी डोजर प्रयोग गरेर विनाअध्ययन र मापदण्डमा सडक खनिएका छन्, सडक खन्दा डोजरले जमीन नै हल्लाएको छ,” उनले भने, “सानो पानी पर्दासमेत पहिरो आउने तथा सडक बगाएर चिरचिरा हुने गरेको छ ।”

स्थानीयवासीका अनुसार डोटीलगायत यहाँका पहाडी जिल्लामा निर्माण भएका दजनौँ ग्रामीण सडक डोजर सञ्चालकको डिजाइन र नक्साङ्कनले निर्माण हुन थालेका छन् । सडक निर्माणमा चलेको होडबाजीले यहाँका गाउँगाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा पहिरोको जोखिम बढेको नेकपाका नेता यज्ञराज जोशीले बताए । “सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुग्यो, तर सुविधासँगै काल र जोखिम पनि बढाएको छ”, उनले भने, “सडक निर्माण गर्दा मापदण्ड अपनाउनै पर्छ, विनामापदण्डका सडक खारेज हुनुपर्छ ।” विगतमा जिल्ला विकास समिति तथा गाउँ विकास समितिको बजेटले डोटीमा निर्माण गरिएका सडकको सर्वेक्षण जिल्ला विकासका प्राविधिकले आफूबाहेक अन्य कार्यालयका प्राविधिकलाई निरीक्षण तथा सर्भे गर्न नदिँदा समस्या भएको स्थानीयवासी दीपक रोकायाको आरोप छ ।

उनका अनुसार यहाँका ग्रामीण सडक निर्माण गरिएका डोटीका कपल्लेकी, लडागडा, दुर्गामाडाँै, रानागाउँ, जिजोडामाडौँ, तिखातर, जोरायललगायतका क्षेत्रमा रहेका बस्ती पहिरोको उच्च जोखिममा छन् । यी क्षेत्रका सडक बस्तीमाथि तथा तलबाट खनिएकाले पहिरोकोे उच्च जोखिम बढेको छ । प्राविधिक र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको जोरायल गाउँपालिका–३ का स्थानीय हेमप्रकाश मल्लले बताए । उनले भने, “जसरी पनि सडक पु¥याउनुपर्छ भन्ने होडबाजीले काटिने सडक अब बन्द गरिनुपर्छ ।”

यहाँका राजनीतिक दल तथा विभिन्न जनप्रतिनिधिले चुनावको समयमा गाउँगाउँमा सकड पु¥याउने वाचा गरेका कारण अहिले जिल्लामा धमाधम जथाभावी तथा विनानापनक्साका सडक काटिन थालेका छन् । यतिमात्र नभई कतिपय ठाउँहरुमा त जङ्गलको बाटो हुँदै सडक काटिन थालेका छन् । ठेकेदारले जङ्गलको सडक काट्दा रुख ढल्ने र पछि उक्त रुखलाई आफँैले बेचबिखन गर्ने योजनामा जङ्गल र रुख भएका ठाउँमा सडक लैजान थालेको स्थानीयवासीको आरोप छ । यहाँका काटिन थालेका सडकको बारेमा अहिलेसम्म कसैले अनुगमन गरेको पाइँदैन । डोजर सञ्चालकको सनक तथा ठेकेदारको इशाराका भरमा जिल्लाका ग्रामीण क्षेत्रमा धमाधम सडक काटिन थालेका छन् ।

सम्बन्धित समाचार

डोटीमा डेङ्गुु रोकथामका लागि अभियान सुरु

डोटी । पहिलो पटक डेङ्गुु रोगका कारण जिल्लामा एकको हालै मृत्यु भएपछि आजदेखि त्यसको रोकथामका लागि पहल थालिएको छ । उक्त अभियानका क्रममा जिल्लाका सरोकारवालाको संयुक्त टोलीले डेङ्गुुका बारेमा जानकारी

घरभाडा नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी

डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् ।  उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको

गोली लागेर एक युवाको मृत्यु

डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ तल्लो डाँडावनमा गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार

सरकारी धर्मशाला व्यक्तिको कब्जामा

डोटी / जिल्लामा भएको सयौँ सरकारी धर्मशाला पछिल्लो समय केही व्यक्तिले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरिरहेको पाइएको छ । यसरी सरकारी धर्मशाला वर्षौंदेखि व्यक्तिले प्रयोग गरिरहेको भए पनि सम्बन्धित निकायले


z