• २०८१ बैशाख ६ बिहीबार

नवलपरासीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

kharibot

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् ।

गैँडाकोट–१० सिस्नेमा गए राति पश्चिमतर्फ छुटेको लु१ख ८३२६ नंको बसले ना३३प ८७६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार बुलिङटार–३ का ५२ वर्षीय वीरेन्द्रनन्द सन्न्यासीको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको  प्रहरीले जनाएका छ्हन । दुर्घटनामा परी मोटरसाइकल चालक बुलिङटार–३ का ३७ वर्षीय विष्णु निर्मल गिरी घाइते भएको छ ।

उनको को अवस्था गम्भीर रहेको छ । घाइते गिरीको  चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै