• २०८१ बैशाख ११ मंगलबार

संसदमा काँग्रेसको हंगामा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्न पाएनन्  

kharibot

काठमाडौँ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेको छ ।

बैठक सुरु हुना साथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्ने समय दिए पछि काँग्रेसका सांसदहरुले प्रतिपक्षी दललाई पहिला बोल्ने समय पाउनु पर्ने भन्दै रोष्टम घेर्न पुगेका थिए ।

बोल्नका लागि प्रधानमन्त्री ओली रोष्टममा पुगेकै बेला काँग्रेसका सांसदहरुले संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरेका थिए ।

प्रतिपक्षी दलको नाराबाजीका बीच सत्ता पक्षका सांसदहरुले टेबुल ठोकेर विरोध गरेका थिए । सभामुख महराले बारम्बार आफ्नो सिटमा गएर बस्न र प्रधानमन्त्रीले बोलेपछि प्रतिपक्षीलाई बोल्ने समय दिने बताइरहेपनि काँग्रेस सांसदले नाराबाजी गरिरहेका थिए ।

काँग्रेसको लगातार नाराबाजीपछि सभामुख महराले संसदको बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् ।    
 
भिडियो :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै