• २०८१ बैशाख ४ मंगलबार

संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस् – डा. बाबुराम भट्टराई 

kharibot

काठमाडौं । समाजवादी पार्टीका अध्यक्ष तथा सांसद डा. बाबुराम भट्टराईले संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस् भन्ने कामना गरेका छन् ।
मंगलबार प्रमुख प्रतिपक्षी दलका सांसदका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले यस्तो धारणा राखेका हुन् ।

‘संसदमा को पहिला बोल्ने भन्ने मुद्दामा गलफल्ती गरेर अमूल्य समय र श्रोत खेल फाल्नु शोभनीय भएन ! गुठी, लोकसेवा विज्ञापन, प्रेस काउन्सिल, भ्रष्टाचार, शिक्षा, स्वास्थ्य, बजेट विनियोजन लगायत अनगिन्ती जनसरोकारका विषयमा छलफल गरेर समाधान खोज्ने थलो संसद गैरजिम्मेदार र निष्प्रभावी नबनोस् ।’

मंगलबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु नाराबाजीमा उत्रिएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्बोधन गर्ने तयारी गरेपछि उनीहरु नाराबाजीमा उत्रिएका हुन् ।

प्रतिपक्षी दलका नेतालाई पहिला बोल्न समय दिनुपर्ने उनीहरुको माग राख्दै रोष्टम घेराउ गरेका थिए ।

काँग्रेस सांसदको लगातार विरोधपछि प्रधानमन्त्री ओलीले बोल्न नपाई सभामुखले भोलिसम्मका लागि बैठक स्थगित गरेका छन् ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै