रोनाल्डोको निर्णायक गोलमा रियल म्याड्रिड विजयी 

खरीबोट
ad

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड विजयी भएको छ ।

गेटाफेविरुद्धको खेलमा रियल म्याड्रिड विजयी भएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका छन् । रोनाल्डोले गरेको यो गोल यस सिजन ला लिगाको पहिलो गोल हो । 

खेलमा खेलको ३९औ मिनेटमा करीम बेन्जमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

गेटाफेका लागि ५६औ मिनेटमा जोर्ग मोलिनाले गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको ८५औ मिनेटमा इस्कोको पासमा रोनाल्डोले निर्णायक गोल गर्दै रियललाई विजयी बनाएका छन् ।

जितसँगै रियल ८ खेलमा १७ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । गेटाफे भने ८ खेलमा ८ अंकसहित लिगको १४औ स्थानमा रहेको छ ।
 

सम्बन्धित समाचार

ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिदा बार्सिलोनालाई फाइदा 

काठमाडौँ।  ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएपछि बार्सिलोनालाई लिगमा सुरुवाती फाइदा भएको छ। गएराती बह्येको खेलमा रियल म्याड्रिड एथलेटिक बिल्बाओसँग १-१ गोलको बराबरीमा रोकिएपछि रियल म्याड्रिड बार्सिलोनाभन्दा पछाडी परेको हो

रियल सोसीइडाडमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, स्वरेज र डेम्बेलेले गरे गोल  

काठमाडौँ।  ला लिगामा बार्सिलोनाले आफ्नो विजयी यात्रालाई कायम राखेको छ। गएराती भएको खेलमा बार्सिलोनाले रियल सोसीइडाडलाई २-१ गोल अन्तरले पराजित गरेको छ।  खेलको ६२ मिनेटसम्म १-० ले पछि परेको बार्सिलोनाले तीन

ला लिगाको नवआगन्तुक क्लबलाई बार्सिलोनाको गोल वर्षा, मेसीले बनाए रेकर्ड  

काठमाडौँ। स्पेनिस  ला लिगामा बार्सिलोनाले हुएसकामाथि गोल वर्षा गरेको छ। गएराती खेलमा बार्सिलोनाले हुएसकालाई ८-२ को गोल अन्तरले पराजित गरेको हो।  बार्सिलोनाका लागि लियोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरे

रियल म्याड्रिडको जितमा बेन्जामाको दुई गोल 

काठमाडौँ।  स्पेनिस ला लिगामा रियल म्याड्रिडले यस सिजनमा विजय यात्रा जारी राखेको छ। रियल म्याड्रिडले रोनाल्डो बिना नै यस सिजनमा लागातार खेलमा जित हासिल गरेको छ।  गएराती भएको खेलमा रियल