• २०८१ बैशाख ७ शुक्रबार

रोनाल्डोको निर्णायक गोलमा रियल म्याड्रिड विजयी 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा रियल म्याड्रिड विजयी भएको छ ।

गेटाफेविरुद्धको खेलमा रियल म्याड्रिड विजयी भएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका छन् । रोनाल्डोले गरेको यो गोल यस सिजन ला लिगाको पहिलो गोल हो । 

खेलमा खेलको ३९औ मिनेटमा करीम बेन्जमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए ।

गेटाफेका लागि ५६औ मिनेटमा जोर्ग मोलिनाले गोल गर्दै खेल बराबरी गरेका थिए । खेलको ८५औ मिनेटमा इस्कोको पासमा रोनाल्डोले निर्णायक गोल गर्दै रियललाई विजयी बनाएका छन् ।

जितसँगै रियल ८ खेलमा १७ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । गेटाफे भने ८ खेलमा ८ अंकसहित लिगको १४औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै