काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी नेपाली कांग्रसले संसदमा आज बोल्न रोकेकोमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्विट गर्दै भनेका छन्, ‘‘प्रतिपक्षी नेकाले रोष्ट्रम घेरी अवरोध गरेका कारण मैले हालैको युरोप भ्रमण र गुठी विधेयक लगायतका समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।’’
प्रधानमन्त्री ओलीले हालै सम्पन्न आफ्नो युरोप भ्रमणसहित अहिलेका अन्य विवादित विषयमा प्रष्ट पार्न आज साँझ ५ बजे पत्रकार सम्मेलन गर्दै छन् ।
पत्रकार सम्मेलन प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुनलागेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।