• २०८१ बैशाख ८ शनिबार

इन्जिनियर र सव इन्जिनियर घुससहित रंगेहात पक्राउ

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर र सव इन्जिनियरलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।  

हतुवागढी गाउँपालिकामा कार्यरत इन्जिनियर मिसुहाङ्ग किराँत र सोही कार्यालयका सव-इन्जिनियर नइन्द्र पारोहाङ्ग राईलाई अख्तियारले ५० हजार र २० हजार घुस रकम सहित पक्राउ गरेको जानकारी दिएको छ ।

बाटो मर्मतको बिल भुक्तानी दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस लिएको अवस्थमा आयोगको कार्यालय, इटहरीबाट खटिइ गएको टोलीले निज इन्जिनियर किराँत र सव-इन्जिनियर राईलाई घुस लिइसकेको अवस्थामा निजहरूकै कार्यालय परिसरबाट रकमसहित रङ्गेहात पक्राउ गरी नियन्त्रणमा लिई अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै