• २०८१ बैशाख १३ बिहीबार

मध्य इन्डोनेसियामा डुङ्गा दुर्घटना, सत्रको मृत्यु

kharibot

इन्डोनेसिया । इन्डोनेसियाको पूर्वी प्रान्त जाभामा सोमबार एक डुङ्गा दुर्घटनामा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १७ पुगेको छ ।

वरिष्ठ उद्धारकर्ताले मङ्गलबार उक्त जानकारी दिए । यस दुर्घटनाबाट ३९ जनालाई भने जीवितै उद्धार गरिएको उद्धारकर्ताहरुले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन्  । 

हराइरहेका एक व्यक्तिको खोजी कार्यमा पनि दर्जनौको सङ्ख्यामा उद्धारकर्ताको सहभागीता रहेका बताइएको छ ।  इन्डोनेसियामा डुङ्गा प्रभावकारी र प्रख्यात सवारी साधनको रुपमा रहेको छ ।

तर अपनाउन पर्ने सुरक्षामा कमि र कमजोरीको कारण यहाँ बारम्बार डुङ्गा दुर्घटना हुने गरेको पाइन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै