इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन

खरीबोट

इजिप्ट । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ ।

कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरुले जनाएका छन् ।

सन् २०१३ मा सैनिक शासकद्धारा अपदस्थ गरिएका मोर्सीको निधनका बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन गर्न अधिकारवादी समूहहरुले माग गरेका छन् ।

मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले मोर्सीको निधनबारे निस्पक्ष छानबिनको माग गरेको हो ।

हिरासतमा राखिएका बन्दीप्रति अत्यन्त खराब व्यवहार गरेकाले उनको निधन भएको हुन सक्ने एमनेस्टीको आशंका छ ।

मुस्लिम ब्रदरहुड दलले भने आफ्नो दलको नेताको निधनलाई हत्याको संज्ञा दिएको छ । राज्यद्धारा सञ्चालित टेलिभिजनले श्रोतहरुलाई उद्धृत गर्दै ६७ वर्षीय मोर्सीको मुटु सम्वन्धी समस्याका कारण निधन भएको जनाएको छ ।

उनी इजिप्टको पहिलो नागरिक राष्ट्रपति मानिन्छन् । उनले आफ्नो जीवनकालमा विदेशीशक्ति, लडाकू समूह, न्याय क्षेत्र र सुरक्षा क्षेत्रसँग समेत ओजपूर्ण सम्वन्ध राख्नु भएको उनी निकटस्थहरुले जनाएका छन् ।

“अदालतले बोल्न अनुमति दिएको पाँच मिनेटमै उहाँ ढल्नुभयो, त्यसपछि तत्कालै उहाँलाई अस्पताल लगियो, तर अस्पतालले उनको निधन भइसकेको घोषणा ग¥यो” न्यायधिवक्ताको कार्यालयले भनेको छ ।

“उनलाई स्थानीय समयानुसार अपरान्ह ४।५० मा अस्पताल ल्याइएको थियो, त्यतिबेला उनको निधन भइसकेको थियो, शरिरमा घाउचोट देखिएको छैन,” अस्पताल श्रोतले भन्यो ।

उनका कारण अदालती कारबाहीमा बाधा नपुगोस भनेर उहाँलाई बाहिरको आवाज सुन्न नसकिने सिसाको पिँजडाभित्रबाट बयान दिन लगाइएको थियो ।

उनी सन् २०१२ को निर्वाचनमा राष्ट्रपति पदमा निर्वाचित भएको एक वर्षमै अपदस्थ भएदेखि नै उनलाई आफ्ना परिवार तथा वकिलसँग समेत निकै कम मात्र भेट हुनेगरी कारागारमा राखिएको थियो ।

जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिन उनी अदालत उपस्थित थिए ।

उनलाई अन्य तीन मुद्दाको निर्णयबमोजिम ४५ वर्षको जेल सजाय सुनाइसकिएको थियो । तर उनका समर्थकहरूले भने ती मुद्दा राजनीतिक पूर्वाग्रहका आधारमा लगाइएको आरोप लगाउदै आएका छन ।

उनको निधनप्रति धेरैले आशंका गरेकाले हिंसा भड्िकन सक्ने पुर्वानुमानसहित सरकारले इजिप्टमा सुरक्षा व्यवस्था थप कडा बनाएको छ ।

सम्बन्धित समाचार

इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको हत्या भएको एर्डोगानको आरोप

इस्तानबुल । टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको हत्या भएको आरोप लगाएका छन् ।  “अदालतमा बयान दिँदै गर्दा बेहोस भएर उहाँको निधन भएको बताइए पनि अधिकारीहरूले उहाँलाई बचाउन

इजिप्टका प्रथम निर्वाचित पूर्वराष्ट्रपति मोर्सीको निधन

इजिप्ट । इजिप्टमा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित प्रथम राष्ट्रपति मोहम्मद मोर्सीको मङ्गलबार निधन भएको छ । कायरोस्थित अदालतमा बयान दिएर सकिएपछि अदालतमै बेहोस भएर ढल्नु भएका मोर्सीको अदालतमै मृत्यु भएको उनका वकिलहरुले

अफ्रिकी मुलुकको अर्थतन्त्र ओरालो लाग्नुमा भ्रष्टाचार जिम्मेवार : इजिप्टका राष्ट्रपति

कायरो (इजिप्ट) । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । उनले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै

इजिप्टका राष्ट्रपतिको शासन लम्ब्याउन संसदमा मतदान

इजिप्ट । इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ । राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको


z