• २०८१ बैशाख ७ शुक्रबार

प्रेसको लागि विश्वकै खतरनाक देश मेक्सिको

kharibot

मेक्सिको । मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ ।

नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा उल्लेख गरिएको छ ।

यहाँका लोकप्रिय यी नेताले सेवा प्रवाह र सञ्चार माध्यमसँगको सम्वन्धमा आमुल परिवर्तन गर्ने भन्दै गत डिसेम्बरमा उनले कार्यभार सम्हालेका थिए । 

उनका पूर्वपर्ती इन्रीक पेना निएटोले कहिल्यै पनि पत्रकारहरुको प्रश्नको जवाफ दिँदैनथे । तर ६५ वर्षीय लोपेजले हरेक हप्ताको अन्तिम दिन विहान सात बजे पत्रकार सम्मेलन आयोजना गर्ने गरेका छन् ।

तर पनि पत्रकार सम्मेलनमा पनि पत्रकारका प्रश्नको जवाफ भने नदिने गरेको पत्रकारहरको गुनासो छ । यतिमात्र नभएर उनले पत्रकारहरुलाई अपमान गर्ने गरेको गुनासो पनि पत्रकारहरुको छ ।

उनीहरुका अनुसार देशका राष्ट्रपतिको पत्रकारलाई गर्ने गरिएको यो अपमान पनि प्रेसमाथिको हिंसाका लागि प्रेरक बनेको छ । 

उनी पत्रकारहरुप्रति निरंकुश बन्दै गएको र पत्रकारहरुलाई निगरानीमा राख्ने, आलोचना गरेमा त्यस सञ्चारमाध्यमलाई तारो बनाउने जस्ता कामहरु पनि उनीबाट भएका प्रेस जगतको भनाई छ ।

यसका साथै उनले देशको एक लोकप्रिय पत्रिका “रेफोर्मा” विरुद्ध पनि पटक पटक आक्रमण गर्दै आएको तथा पत्रकारहरुलाई बरम्बार धम्की दिने गरेको बताइन्छ ।

मेक्सिको पत्रकारका लागि यसअघि पनि खतरापूर्ण रही आएको छ । सन् २००० देखि आजसम्म यहाँ १०० जनाभन्दा बढी पत्रकारको ज्यान गएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै