• २०८१ बैशाख ८ शनिबार

नेप्से सूचक तथा कारोबार रकम दुवैमा गिरावट

kharibot

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचक तथा कारोबार रकम दुुबै नै ओरालो लागेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज दुुई दशमलव २३ अंकले घटेर १२ सय ५८ दशमलव ६६ अंकमा विन्दुुमा झरेको छ । सेन्सिटिभ भने शून्य दशमलव शून्य तीन अंकले बढेर दुुई सय ७० दशमलव २९ विन्दुुमा चढेको छ । 

एक सय ७७ कम्पनीहरुको पाँच हजार चार सय सात वटा कारोबारमा १२ लाख २६ हजार छ सय ८६ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुंदा कारोबार रकम ३५ करोड ९४ लाख ११ हजार तीन सय पाँच रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा तीन वटा समूहको सूचक बढेपनि आठ वटा समूहको सूचक भने घटेकाछन । जसअनुुसार वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ४४ अंकले बढेर ११ सय ३० दशमलव शून्य आठ विन्दुुमा चढ्दा विकास बैंक समूहको सूचक एक दशमलव ४६ अंकले बढेर १५ सय ८६ दशमलव ५२ विन्दुुमा चढेको छ । 

यसैगरी लघुवित्त समूहको सूचक पनि बढेको छ । जलविद्युुत् समूहको सूचक भने एक दशमलव चार अंकले घटेर ११ सय ९७ दशमलव ४७ विन्दुुमा झर्दा फाइनान्स समूहको सूचक पनि दुुई दशमलव १३ अंकले घटेर छ सय १५ विन्दुुमा झरेको छ । निर्जीवन बीमा, जीवन बीमा, होटल, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोषको समूहको सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गुराँस लघुुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ९४ पैसाले बढेर तीन सय ८५ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको समता माइक्रो फाइनान्सको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ३८ पैसाले घटेर ११ सय ५९ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको प्रतिकित्ता तीन सय १२ रुपैयाँ अन्तिम मूल्यमा चार करोड २४ लाख ५६ हजार पाँच सय ३० रुपैयाँको कारोबार भएको छ । 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै