• २०८१ बैशाख ४ मंगलबार

बारामा हिसां र अपराध बढ्दै, प्रहरीको सशक्त भूमिकाको अपेक्षा

kharibot

बारा । बारा जिल्लामा पछिल्लो समय लुटपाट, अपहरण, हत्या र हिसांका घटना बढेको देखिएको छ ।

जेठ महिना मैं तीन ठुला घटना बारामा भए पछि स्थानीय आतकिंत बन्न थालेका छन् । अबैध रकम ओसार पसार, राजमार्गमा बस लुटने, डाका, अपहरणपछि हत्याका घटनाहरु बारामा धमाधम घटेका छन् ।

फितलो आदेश र निर्देशन, सुरक्षा संयन्त्र चुस्त नहुँनु, गस्ती, चेकजाँचमा कमी हुँनु लगायतका कारण बारामा शान्ती सुरक्षाको स्थिती डर लाग्दो बन्दै गएको सर्वसाधारणले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय कलैया बाराको तथ्यांक अनुसार ५१ प्रकृतिका अपराधमा आर्थिक वर्ष २०७३-०७४ मा चार सय ५७, २०७४-७५ मा ६ सय १६ र २०७५-७६ को बैसाखसम्म पाँच सय ८७ घटनाको संख्या देखिएको छ ।

जिल्लाको घटनाहरुमा प्रहरीको उपस्थिती निकै ढिलो हुँने गरेको बाराका नागरीकहरु बताउछन् । 

जेठमा जिल्लाको निजगढमा रात्रि बस लुटपाटमा संलग्न ७ जनालाई निजगढ प्रहरीले पक्राउ गरेको छ, भने बालकको अपहरण पछि हत्यामा संलग्न विकास शर्मा, सिकिन्द्र साह र रामदिनेश महतोलाई प्रहरीले गोली हानी नियन्त्रणमा लिएको र अबैध रकम र जाली नोट कारोबारीलाई जेल चलान भैसकेको जिल्ला प्रहरीले जनाएको छ ।

चालु आर्थिक वर्षको जेठ सम्म कर्तब्य ज्यानका १३, ज्यान मार्ने उधोग १९, अपहरण तथा कर्तब्य ज्यानका एक सय ४४, जबरजस्ती करणीका २२, लागुऔषध ३३, सार्वजानीक अपराध २७, हातहतीयार खर खजना ओसार पसार बिक्रिका चार लगायतका ५१ प्रकृतिका पाँच सय ८७ अपराधका घटना घटेको छ ।

जबरजस्ति करणी, ज्यान मार्ने उधोग, चोरी तीन वर्ष यता कै उच्च रहेको र तीन वर्ष यता अपहरणको चार घटना यो वर्ष मात्रै भएको हुँदा अपराध बढेको हो ।

दुई हप्ता अघि बिरगंज महानगरपालिका–वडा नं.३ प्रगतिनगरका शम्भु साहले आफ्नों ८ वर्षीय छोरा करण साहको अपहरण पछि हत्याको कारण फिरौती माँग भए पनि प्रहरीलाई घटना लगत्तै जानकारी गराएको र प्रहरीले समय मैं चाँसो नदिदा आफ्नों छोराको हत्या भएको बताए ।

करण साहको अपहरण पछि हत्या भएको र उनको शव अपहरणकारीले बाराको कलैया उपमहानगरपालिका वडा नं.२५ को खौरही स्थित खोलामा मारेर फालेका थिए ।

साता अघि पथलैया निजगढ सडक खण्डको जगंलमा फिल्मी शैलीमा व्यवस्थित ढंग सहिँत उपस्थित १० जना लुटेरा समूहले रातो रङ्गको स्कारपियो जीप र तीन वटा मोटरसाईकल समेत प्रयोग गरी रात्री बस रोकी आरामले लुटेका थिए । जुन पाँच वर्ष पछि यो घटना दोहरीएको हो । 

मधेसमा ज्यान मारा बनेको दाईजो केहि वर्ष यता दाईजो नैं किटान गरेर मुद्दा आउन छाडे पनि मुख्य कारण दाईजो देखिने फरक प्रकृतिको मुद्दा आउँने गरेको र महिला हत्या, आत्महत्यामा दाईजो कारण देखिने तर , पनि त्यसलाई लुकाइँने गरेको प्रहरीले जनाएको छ ।

तराईमा दाईजो प्रथाले जरा गाडेकाले बुहारी, पत्नीलाई कुटपिट गर्ने, घरबाट निकाला गर्ने, ज्यानै सम्म लिने घटनाहरु हुँने गरेका छन् । दाईजो विरोधी अभियान विभिन्न संघ संस्थाले चलाईरहे पनि यो कुरीति तराईमा जडको रुपमा हाल सम्म स्थापित रहेको छ ।

अपराध न्युनिकरणका लागी प्रहरीले योजना बनाई काम सुरु गरेको र अपराध बढ्नुमा बैदेशीक रोजगारी, प्रवृधिको दुरुपयोग लगायत रहेको बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक रंजित सिंह राठौरले जिल्लामा महिला तथा बाल बालीका हिंसाका घटना भने बढेको बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै