• २०८१ बैशाख ७ शुक्रबार

धर्म, संस्कृति तथा गुठी जोगाउन राजसंस्था आवश्यक

kharibot

दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडकाले धर्म संस्कृति तथा गुठी राजसंस्थाले मात्र जोगाउन सक्ने बताएका छन् । सरकारले चौतर्फी दवावपछि गुठी विधेयक फिर्ता लिएपनि सरकारले धर्म, संस्कृति र परम्परामाथि तरवार ठड्याई राखेको र अवस्था अनुकुल हुनसाथ पुन: गुठीमाथि धावा बोल्ने बताए ।

धर्म,संस्कृतिको वास्तविक पहरेदार राजसंस्था र राप्रपा मात्र भएको बताउदै पार्टी संगठन विस्तार र दोलखा जिल्लाका सवै ठाँउमा राप्रपाको उपस्थिति रहनुपर्ने बताए । राप्रपा कालिन्चोक गाउँपालिकास्तरिय कार्यक्रममा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै मुलुकमा छिटो ढिलो राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना भएरै छोड्ने र अआगामी दिनमा राप्रपा देशव्यापी रूपमा संगठनमा अघि बढने वताउदै पार्टीको धारणा जनताबीच लैजान कार्यकर्ता लाग्नु पर्ने बताए ।

उक्त भेलामा राप्रपा प्रदेश ३ का सदस्य राजन शिवाकोटी, दोलखा जिल्ला अध्यक्ष नवराज श्रेष्ठ, उपाध्यक्ष शिव केसी, सचिव भाष्कर पाण्डे, प्रवक्ता भानुभक्त शिवाकोटी, राप्रपा दोलखा उद्योग व्यापार संगठनका अध्यक्ष तथा जिल्ला कार्य समितिका सदस्य केदार शिवाकोटी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रम वाणासुर पाण्डेको सभापतित्वमा बसेको थियो । कार्यक्रममा कालिन्चोक गाँउपालिकाका नवनियुक्त पदाधिकारी तथा सदस्यहरूलाई प्रशिक्षण दिईएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै