नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आइएमइ 

खरीबोट

काठमाडौँ । लोकसंगीत नेपालको सर्वाधिक चर्चित संगीत विधा हो । यस विधामा प्रत्येक वर्ष हजारौ गीत रिलिज हुन्छन् । युट्युब तथा अन्य श्रव्य दृष्य संचार माध्यमहरुमा करोडौ पटक हेरिन्छन् । संगीत विधाहरुमध्ये सबै भन्दा धेरै उत्पादनमूलक विधा पनि लोक संगीत नै हो ।

विश्व व्यापीकरणको यस युगमा लोक संगीत युवा पुस्ताको समेत रुची भइरहेको आभास लोक संगीत का स्रष्टा आफैले गर्ने गरेका छन् । लोकसंगीतलाई व्यावसायीक बनाउने प्रयास स्वरुप नेपाली टिभी च्यानलमा सर्वाधिक रुचाइएको रियालिटी शो विधासँग लोक संगीतलाई समायोजन गरी नेपाल लोक स्टार  कार्यक्रम जन्मेको हो ।

यस कार्यक्रमको लागत करिब १० करोड रुपैया रहेको छ । यस अर्थमा नेपाल लोक स्टार नेपालको सबै भन्दा ठूलो मौलिक रियालिटी शो भन्दा फरक नपर्ला । यसको निर्माण चाहना मिडियाले आफ्नै मौलिक संगीतलाइ अन्तर्राष्ट्रिय फर्म्याटमा ढाली आफ्नै नेपाली ब्राण्डमा बन्न लागेको शोको निर्माणमा संलग्न सम्पूर्ण म्यानपावर नेपाल आइडल-२ र बुगी बुगी सिजन १ को निर्माणमा संलग्नव्यक्तिहरु हुन् । यस कार्यक्रमको प्रमोशन र बजार व्यवस्थापन गर्नको लागि एड प्याड प्रालिलाई आधिकारीक एजेन्सी दिएको छ ।

७ वटै प्रदेशमा अडिसन आयोजना गरी हजारौको संख्यामा आएका लोक दोहोरी गायक गायिकाहरु मध्येबाट सरदर प्रति प्रदेश ५० प्रतिस्पर्धी ओपन अडिसनबाट छनोट गरिएको थियो । ओपन अडिसन फाल्गुन १६ गते शुरु भई चैत्र २५ गते समाप्त भएको थियो । त्यस पश्चात् ओपन अडिसनबाट छनौट भएका ३५० प्रतिस्पर्धीहरुलाई प्रदेश अनुसार जज अडिसनमा सहभागी गराइएको थिए ।

जज अडिसनबाट १०९ प्रतिस्पधी छनौर्ट  भइ मेघा अडिसनमा प्रवेश गरेका थिए, जसबाट जजले शीर्ष २५ को छनौट गरिसकेका छन् । नेपाल लोक स्टार  प्रतियोगिताबाट ३ जना विजेता छनौट गरिने छ । जसमा प्रथम विजेतालाई ५० लाख द्धितीय विजेतालाई २५ लाख र तृतिय विजेतालाई १० लाख नगद पुरस्कारका साथै तीनै विजेतालाई एल्बमको कन्ट्रयाक दिईने छ ।

नेपाल लोक स्टारको जजमा जयनन्द लामा, बिबि अनुरागी, सुनीता दुलाल र रामजी खाँड रहेका छन् । मेघा अडिसनसम्मको सबै सुटिंग पुरा भई सकेको छ र आगामी असार १२ गते बाट प्रत्येक बिहीबार र शुक्रबार बेलुकी साढे ८ बजे यसको प्रसारण एपी वान एचडीमा हुदै छ । यस कार्यक्रमको ३६ श्रृखला निर्माण गरिने छ । 

यस कार्यक्रमको मूलभावसँग प्रभावित भई यस कार्यक्रम निर्माण प्रमुख प्रायोजकको रुपमा विश्व प्रतिष्ठीत रेमिट्यान्स तथा डिजिटल सर्भिस कम्पनी आएमइ पे आबद्ध भएको छ । आइएमइ र नेपाल लोक स्टारको सम्झौता दुई सिजनको लागि गरिएको हो ।

यस सम्झौता पश्चात् यस कार्यक्रमको नाम आइएमइ नेपाल लोक स्टार रहने छ । सम्झौता अन्तर्गत आइएमइ नेपाल लोक स्टारको भोटिंग राउन्ड्समा एपमार्पmत गरिने सबै भोटिंग आइएमइ पेको एपमार्फत हुनेछ । सदैव नेपाली जनताको निम्ति समर्पित एक जिम्मेबार कम्पनी आइएमइको साथले नाम आइएमइ नेपाल लोक स्टार थप उचाइमा पुग्ने आयोजकले विश्वास लिएको छ। 

एडप्याडका अध्यक्ष सुदीप थापा भन्छन्,  “नेपाली लोक संगीतका लागि आइएमइ नेपाल लोक स्टार कोसे ढुङ्गा साबित हुनेछ र यसले लोक मात्र नभई सम्पूर्ण संगीत क्षेत्रलाई नै उकास्ने हामीले विश्वास लिएका छौं । नेपाली माटोललाई सुहाउदो यस्ता मौलिक रियालिटि शोहरुको उत्पादनले नेपाली मिडिया र नेपाली मिडिया बजारलाई अझ उकास्ने निश्चित छ । यस कार्यक्रमको प्रमुख प्रायोजकको रुपमा आबद्ध भई यसको निर्माणलाई सार्थक तुल्याइ दिनु भएकोमा आइएमइ ग्रुपलाई धेरै धन्यवाद दिन चाहन्छौ ।” 

आइएमइका सिइओ सुमन पोखरेल भन्छन्, “नेपालको आफ्नो होम ग्रोन कन्सेप्टमा आयोजना हुन लाएको आइएमइ नेपाल लोक स्टासगै जोडिन पाएकोमा गौरवान्वीत छौं । नेपाली लोक संगीत प्रवंधन र जर्गेनाकाृ निम्ति यो हाम्रो तर्फबाट सानो प्रयास समेत हो ।”   
 

सम्बन्धित समाचार

नेपाल लोक स्टारमा अब टप–टेनको प्रतिस्पर्धा 

काठमाडौ । चाहना मीडिया प्रा.लि.द्वारा उत्पादित हाल टेलिकाष्ट भइरहेको नेपालको सबैभन्दा ठूलो अर्गानिक रियालिटी शो आइएमइ नेपाल लोक स्टारमा अब टप–टेनका लागि सांगितिक प्रतिस्पर्धा हुने भएको छ । रियालिटी शोमा कुल

युट्युबको रोयल्टी वितरण गर्दै सांगीतिक रियालिटी ‘शो’ ‘नेपाल लोक स्टार’

काठमाडौं । पहिलो पटक शुरु भएको मौलिक सांगीतिक रियालिटी ‘शो’ ‘नेपाल लोक स्टार’ले आफूले प्रयोग गरेको सम्पूर्ण गीतसंगीतको रोयल्टी प्रदान गर्ने जनाएको छ । ‘शो’ प्रशारणका क्रममा अहिलेसम्म प्रशारण भएका र

नेपाल लोक स्टारको मुख्य प्रायोजकमा आइएमइ 

काठमाडौँ । लोकसंगीत नेपालको सर्वाधिक चर्चित संगीत विधा हो । यस विधामा प्रत्येक वर्ष हजारौ गीत रिलिज हुन्छन् । युट्युब तथा अन्य श्रव्य दृष्य संचार माध्यमहरुमा करोडौ पटक हेरिन्छन् ।

रियालिटी शो नेपाल लोक स्टारको बजार प्रवर्धन एड प्याडले गर्ने 

काठमाडौँ । नयाँ रियालिटी शो नेपाल लोक स्टारको बजार प्रवर्धन एड प्याडले गर्ने सम्झौता भएको छ ।  एएनएस को. को सहायक कम्पनी एड प्याड प्रालि (मिडिया मार्केटिङ कम्पनी) ले चाहना मिडिया


z