सोह्र राउण्ड गोली र पेस्तोलसहित भारतीय पक्राउ

खरीबोट

बुटवल । गौतमबुद्ध विमानस्थलबाट प्रहरीले हतियारसहित  भारतका नागरिकलाई नियन्त्रणमा लिएको छ ।

भारतको सिन्दुनगर कृष्णनगर मानसनगर लखनउ उत्तर प्रदेश ठेगाना भएका ५० वर्षीय उमेश शुक्लालाई विमानस्थलमा सुरक्षार्थ खटेका प्रहरीले जाँचका क्रममा १६ राउण्ड गोलीसहित दुई म्यागेजिन र पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए ।

भैरहवास्थित गौतमबुद्ध विमास्थलबाट आज दिउँसो १ बजे बुद्ध एयरको उडानद्वारा पोखरा जाने क्रममा शुक्लाको लगेज जाँच गर्दा चेकोस्लाभाकियामा बनेको पेस्तोल र गोली फेलापरेपछि प्रहरीले तत्काल निजलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिए ।  
 

सम्बन्धित समाचार

लागुऔषधसहित दुई पक्राउ

मकवानपुर / मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने ४० वर्षीय टीकाराम सार्की र सोही ठाउँका ४५ वर्षीय ताराबहादुर

पोखरामा ‘पेनगन’सहित एक पक्राउ 

पोखरा । एक लागुपदार्थ प्रयोगकर्तालाई ‘पेनगन’सहित आज सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिका–२४ कास्कीकोट स्थायी घर भई हाल वडा नं– ७ को मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाटबाट बरामद गरिएका

पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ, सुपुर्दगीका लागि डेढ वर्ष लाग्ने

पेरु । भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले पेरुको अनुरोधमा टोलेडो अमेरिकामा पक्राउ

बन्दुकसहित अवैध चोरी शिकार गर्ने तीन पक्राउ

धम्बोझी / अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ । बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने


z