• २०८१ बैशाख ७ शुक्रबार

लोकसेवाले स्थानीय तहको विज्ञापनको फाराम भर्ने समय थप्यो 

kharibot

काठमाडौँ । लोकसेवा आयोगले स्थानीय तहका कर्मचारी मागका लागि आवेदन दिने समय थप गरेको छ ।

आज आयोग पदाधिकारी बैठकले असार १० गतेसम्म आवेदन दिने समय थप गरको हो । 

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार असार १० गतेसम्म एकल दस्तुर तथा असार १७ गतेसम्म दोब्बर दस्तुरमा फाराम भर्ने सयम निर्धारण गरिएको छ ।

अनलाइन फाराम भर्दा आयोगको सर्भरमा अत्यधिक चाप भएकाले दरखास्त अपलोड गर्न कठिनाई भएका कारण म्याद थप गरेको उनले बताए ।

आज एकल दस्तुरमा फाराम भर्ने अन्तिम समय तथा दोब्बर दस्तुरमा असार १० गतेसम्म समय तोकेको थियो । 

“अत्यधिक आवेदनका कारण आयोगको सर्भरमा गत जेठ ३० गतेदेखि चाप बढेको थियो”, सुवेदीले भने । आयोगले ५१५ स्थानीय तहका लागि नौ हजार १६१ कर्मचारीको माग गरेको छ । 

अहिलेसम्म करीब एक लाख ७२ हजार ४४४ जनाले फाराम भरेका छन् । आवेदकले अनलाइन फाराम भर्नमा समस्या भएको भन्दै समय थप गर्न माग गर्दै आएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै