भक्तपुरमा टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु

खरीबोट

भक्तपुर । सूर्यविनायक नपा– ९ नलिनचोकमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा४ख ५६७१ नं को टिपरसँग ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । 

साँगातर्फ जाँदै गरेको प्रदेश नं ३–०२–००३ प १२६६ नंको स्कुटर बायाँ साइडको चक्कामा ठोक्किँदा काभ्रेपलाञ्चोक पाँचखाल नपा– ९ घर भई हाल भक्तपुर सूर्यविनायक नपा– ८ सिपाडोल बस्ने ३७ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो । 

ठक्करबाट घाइते स्कुटर चालक श्रेष्ठलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा अस्पतालमै मृत्यु भएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । 

प्रहरीले टिपर चालक रामेछाप सुनपाती नपा–३ घर भई हाल भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने २९ वर्षीय लोकबहादुर श्रेष्ठलाई महानगरीय प्रहरीवृत्त जगातीको हिरासतमा राखेर घटनाको अनुसन्धान गरिरहेको छ । 
 

सम्बन्धित समाचार

पाल्पामा ट्रक दुर्घटना : एकको मृत्यु, छ घाइते

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली बजारबाट नजिकै भएको ट्रक दुर्घटनामा एकको मृत्यु भएको छ । आज साँझ लु१ख ९२०२ नम्बर ट्रक दुर्घटनामा छ जना घाइते भएका छन् । गुल्मीबाट बुटबलका लागि

चितवनमा दुर्घटनामा एकको मृत्यु, दुई घाइते

भरतपुर । चितवनमा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । ना१३प ६७०३ नंको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले भरतपुर महानगरपालिका–१० सिर्जनाचोकमा ठक्कर दिएको

सवारी दुर्घटनामा एकको मृत्यु

इनरुवा । सुनसरीको धरान उपमहानगरपालिका तिनकुने स्थित कोशी राजमार्गमा आज सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १९ का ६१ वर्षीया कालीमाया राई रहेको जिल्ला प्रहरी कार्यालय

अमेरिकामा नेपाली आमा-छोरीको सडक दुर्घटनामा मृत्यु

काठमाडौं । अमेरिकामा नेपाली मुलका दुई नागरिकको सडक दुर्घटनामा परी मृत्यु भएको छ । गत शनिबार अमेरिकाको ओहायोको चौबाटोमा तीन गाडी एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । राति १० बजे


z