• २०८१ बैशाख ७ शुक्रबार

इयोन मोर्गनले बिगारे गेलदेखि राशिद खानका रेकर्ड

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटमा इङल्याण्डका कप्तान इयोन मोर्गनले अफगानिस्तानविरुद्ध ७१ बलमा १४८ रनको विस्फोटक पारी खेलेर विश्व क्रिकेटमा कैयौ रेकर्ड तोडेका छन् ।

मोर्गनको यस पारीले विश्व क्रिकेटका युनिभर्सल बोस क्रिस गेलदेखि विश्व क्रिकेटमा भर्खरै जम्दै गरेका अफगानिस्तानका राशिद खानसम्मको रेकर्ड बिगारिदिएका छन् । 

मोर्गनले आफ्नो पारीमा १७ छक्का हान्दै एकै पारीमा धेरै छक्का हाने नयाँ रेकर्ड बनाएका हुन् । यस अघि एकै पारीमा धेरै छक्का हान्ने रेकर्ड वेस्टइन्डिजका क्रिस गेलको नाममा रहेको थियो । गेलले सन् २०१५ को विश्वकपमा जिम्बाबेविरुद्ध २१५ रनको पारी खेल्दा १६ छक्का प्रहार गरेका थिए । त्यस्तै विश्वकपमा सन् २०१५ मा न्युजील्याण्डका मार्टिन गपटिलले वेस्टइन्डिजविरुद्ध २३७ रनको पारी खेल्दा ११ छक्का प्रहार गरेका थिए ।

त्यस्तै मोर्गनले ५७ बलमा आफ्नो शतक पुरा गर्दै विश्वकप क्रिकेटमा चौथो कम बलमा शतक बनाउने रेकर्ड बनाएका छन् । विश्वकपको इतिहासमा आयरल्याण्डका केभिन ओब्रायनले सन् २०११ मा इङल्याण्डविरुद्ध ५० बलमा शतक बनाउदै कम बलमा शतक बनाउने रेकर्ड बनाएका थिए । त्यस्तै सन् २०१५ को विश्वकपमा अस्ट्रेलियाका ग्लेन म्याक्सवेलले श्रीलंकाविरुद्ध ५१ बलमा शतक बनाउदै कम बलमा शतक बनाउने दोस्रो खेलाडी बनेका थिए ।

त्यस्तै सन् २०१५ को विश्वकपमा दक्षिण अफ्रिकाका एबीडेभिलियर्सले वेस्टइन्डिजविरुद्ध ५२ बलमा शतक बनाउदै कम बलमा शतक बानाउने तेस्रो खेलाडी बनेका थिए ।
त्यस्तै अस्ट्रेलियाका म्याथ्यु हेडेनले सन् २००७ को विश्वकपमा ६६ बलमा, क्यानाडाका जेएम डाभीसनले २००३ को विश्वकपमा ६७ बलमा शतक बनाएका थिए ।

यी बाहेक इङल्याण्ड- अफगानिस्तानको खेलमा अन्य कैयौ रेकर्ड बनेका छन् ।

यस खेलमा कुनै टिमले एक खेलमा सर्वाधिक २५ छक्का प्रहार गएको नयाँ रेकर्ड बनेको छ । इङल्याण्डले आफ्नै वेस्टइन्डिजविरुद्ध बनाएको २४ बलको रेकर्डलाई तोडेको हो ।

त्यस्तै यस खेलमा अफगानिस्तानका बलर राशिद खानले ११ छक्का खाएका छन् । एकदिवसीय क्रिकेटमा कुनै बलरले एक इनिंगमा खाएको यो धेरै छक्काको रेकर्ड हो ।

साथै राशिदले विश्वकपमा ९ ओभरमा ११० रन खादै विश्वकपमा धेरै रन खाने बलरको रुपमा नयाँ रेकर्ड बनाएका छन् । यस अघि सन् १९८३ को विश्वकपमा न्युजील्याण्डका बलर मार्टिन स्नेडडेनले १२ ओभरमा १०५ रन दिएका थिए ।

इङल्याण्डले अफगानिस्तानविरुद्ध ३९७ रन बनाउदै विश्वकपको इतिहासमा कुनै पनि टिमले बनाएको यो छैठौ उच्च रन हो । त्यस्तै विश्वकपमा इङल्याण्डले अहिलेसम्म बनाएको यो धेरै रन हो । यसअघि इङल्याण्डले यसै विश्वकपमा बंगलादेशविरुद्ध ३८६ रन बनाएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै