काठमाडौँ । सरकारले मंगलबार गुठी सम्बन्धी विधेयक फिर्ता लिएपनि काठमाडौंको माइतीघरमा विशाल खबरदारी सभा आयोजना भइरहेको छ ।
माइतीघरको खबरदारी सभामा भाग लिनका लागि काठमाडौं उपत्यकाका लगभग सबै स्थानबाट गुठी सरोकारवाला, गुठीयारसहित सर्वसाधारणहरु माइतीघरमा भेला भएका छन् ।
बिहान ११ बजे माइतीघर मण्डलामा हुने भनिएको सभामा भाग लिनका लागि स्वत: स्फूर्त रुपमा काठमाडौं उपत्यकाका नेवार समुदाय सडकमा ओर्लिएका छन् ।
नेपालको राष्ट्रिय झण्डा हातमा बोकेर नाराबाजी गर्दै उनीहरु मण्डलामा जम्मा भएका हुन् । उनीहरुले गुठी विधेयक फिर्ता लिएर मात्रै नहुने खारेज नै हुनुपर्ने माग अघि सारेका छन् ।