• २०८१ बैशाख १३ बिहीबार

ओली र प्रचण्डबीच छलफल, शनिवार सचिवालय बैठक बस्ने 

kharibot

फाइल तस्बीर

काठमाडौं । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले बुधबार करिब दुई घण्टा लामो छलफल गरेका छन् ।

छलफलपछि दुवै नेता नेताहरु असार ७ गते सचिवालय बैठक बोलाउन सहमत भएका छन् ।

नेकपा स्रोतका अनुसार दुई नेतावीचको छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे अर्का अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए भने पछिल्लो राजनीतिक परिस्थितिबारे पनि दुई अध्यक्षवीच कुराकानी भएको थियो ।

दुई नेतावीचको छलफलमा अध्यक्ष प्रचण्डले जिल्ला इञ्चार्ज र विभागहरु लगायतका सांगठानिक एकताका थाती रहेका कामहरुको टुंगो लगाउन सचिलावय बैठक बोलाउने सहमति सँगै बैठकमा नेकपाको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल गर्ने सहमति भएको बताइएको छ । 

पूर्वएमाले र पूर्वमाओवादीवीच पार्टी एकता हुने क्रममा कार्यदलले तयार पारेको अन्तरिम राजनीतिक प्रतिवेदन अहिलेसम्म प्रकाशित भएको छैन भने अन्तरिम राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद(जबज) का बारेमा चर्को विवाद रहेको छ ।

नेकपाको सचिवालय बैठक यस अघि जेठ २३ गतेका लागि बोलाइएकोमा प्रधानमन्त्रीको युरोप भ्रमणका कारण स्थगित भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै