• २०८१ बैशाख १२ बुधबार

चिनिया राष्ट्रपति उत्तर कोरिया भ्रमणमा

kharibot

प्योङयाङ (उत्तर कोरिया) । चिनिया कम्युनिष्ट पार्टीका महासचिव तथा चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको औपचारिक भ्रमणको लागि बिहीबार यहाँ आएका छन् ।

चीनका राष्ट्र प्रमुखबाट १४ वर्षपछाडि यसप्रकारको भ्रमण भएको हो ।

चीन र उत्तर कोरियाबीच दौत्यसम्बन्ध कायम भएको ७० वर्ष पूरा भएको उपलक्ष्यमा चिनिया राष्ट्रपति सी उत्तर कोरिया भ्रमण गरेका हुन् ।

चिनिया राष्ट्रपति सी र उत्तर कोरियाली नेता किम जोङ् अनको उपस्थितिमा दुबै देशबीचको सहकार्यलाई थप प्रगाढ बनाउने सम्बन्धी एक सम्झौतामा पनि बुधबार हस्ताक्षर भएको छ ।

आर्थिक तथा पराम्परागत सम्बन्ध कायम हँुदै आएका यी दुई देशबीच राष्ट्रपति सीको यस भ्रमणबाट नयाँ  अध्याय शुरु भएको समाचारमा बताइएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै