• २०८१ बैशाख ८ शनिबार

अर्जेन्टिना नकआउट चरणमा नपुगे दुर्भाग्यपूर्ण हुने छ – मेसी 

kharibot

काठमाडौं । अर्जेन्टिनाका फुटबलर लियोनेल मेसीले कोपा अमेरिकाको नकआउट चरणमा पुग्ने विस्वास व्यक्त गरेका छन् ।

विहिबार पराग्वेसँगको खेल १-१ को बराबरीमा सकिएपछि प्रतिक्रिया दिदै मेसीले अर्जेन्टिना नकआउट चरणमा प्रवेश नगरे त्यो दुर्भाग्य हुने बताउदै नकआउट चरणमा पुग्ने विस्वास गरेका छन् ।

पहिलो खेलमा कोलम्बियाविरुद्ध पराजित भएको अर्जेन्टिना यस खेलमा बराबर हुदै समुह बि मा एक अंक सहित अन्तिममा छ । समुह बि मा कोलम्बिया दुवै खेल जितेर ६ अंकसहित शिर्ष स्थानमा छ भने पराग्वे दुई बराबरी खेलेर २ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेको छ । त्यस्तै कतारले एक बराबरी र एक हारसहित गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ भने अर्जेन्टिना  पुछारमा रहेको छ ।

अब अर्जेन्टिनाले समुह चरणको अन्तिम खेलमा कतारसँग खेल्दै छ भने पराग्वेले कोलम्बियासँग खेल्ने छ ।

यस्तो अवस्थामा अर्जेन्टिना सिधै नकआउट चरणमा पुग्न कतारलाई पराजित गर्ने पर्ने अवस्था आएको छ । मेसीले पनि प्रतिक्रिया दिदै कतारलाई पराजित गर्नेमा विश्वस्त रहेको बताए ।

मेसीले कोपामा दुई खेल्न जित हासिल गर्न नसक्दा फ्रस्टेसन भएको बताउदै अर्जेन्टिनाले अझ टिम भावनाले खेलेर अन्तिम खेल जित्ने बताए । मेसीले समूह चरणबाट आगाडी छनौट हुन नसके दुर्भाग्यपूर्ण हुने भन्दै मेसीले आफुलाई छनौट हुनेमा कुनै आशंका नरहेको समेत बताए ।   

तीन समुहमा रहेका १२ टिमबाट हरेक समुहका विजेता र उपविजेता सिधै नकआउट चरणमा पुग्ने र तीन टिमका उत्कृष्ट दुई तेस्रो स्थानमा रहेका टिम पनि नक आउट चरणमा पुग्ने छन् ।                                                                   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै