• २०८१ बैशाख ७ शुक्रबार

भारतीय टिमको चिन्ता बढ्यो, विजय शंकर घाइते ! 

kharibot

काठमाडौँ । जारी विश्वकपमा भारतलाई अर्को झट्का लागेको छ । पाकिस्तानविरुद्ध विश्वकप डेभ्यु गरेका विजय शंकर अभ्यासका क्रममा घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतीय क्रिकेट टिमका सुत्रलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी पिटीआईले बुधबार अभ्यासका क्रममा विजय शंकरको खुट्टाको औलामा चोट लागेको उल्लेख गरेको छ ।

तिब्र गतिका बलर जसप्रित बुमराहले एयरकर बलिङ गरेपछि बलले विजयको खुट्टामा लागेको बताइएको छ । साथै उनले विहिबारको अभ्यास खेलमा समेत भाग नलिएको बताइएको छ ।

बुधबार मात्र ओपनर शिखर धवन विश्वकपबाट बाहिरिएकोमा विजयको इन्जुरीले भारतीय टिमको चिन्ता बढाएको छ । भारतले अब आगामी शनिबार अफगानिस्तानको सामना गर्दै छ । विजय शंकर अफगानिस्तानविरुद्ध खेल्ने बारे अनिश्चित भएको र रिषव पन्तले सो खेलमा विश्वकपको डेभ्यु गर्न सक्ने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

पाकिस्तानविरुद्ध खेलेका विजय शंकरले अन्त्य तिर ब्याटिंग गर्दै १५ रन बनाएका थिए भने उत्कृष्ट बलिङ गर्दै २ विकेट लिएका थिए । विजयले आफ्नो पहिलो बलमा नै विकेट लिएर रेकर्ड समेत बनाएका थिए ।                                         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै