• २०८१ बैशाख १३ बिहीबार

ग्लोबल टी-२० क्यानडाको दोश्रो सिजनमा सन्दीप र सोमपाल खेल्ने 

kharibot

काठमाडौँ । ग्लोबल टी-२० क्यानडाको दोश्रो सिजनमा दुई नेपाली क्रिकेटर खेल्ने भएका छन् । नेपाली लेग स्पिनर सन्दिप लामिछाने र तिब्र गतिका बलर सोमपाल कामी क्यानाडाको ग्लोबल टी-२० खेल्ने भएका हुन् ।

सन्दीप लगातार दोश्रो वर्ष ग्लोबल टि-२० लिग क्यानाडमा खेल्न छनौट भएका छन् भने राष्ट्रिय टिमका अल-राउण्डर सोमपाल कामि पनि पहिलो पटक बिदेशी लिगमा खेल्न छनौट भएका हुन् ।

गत वर्ष मोन्टरियल टाइगर्सबाट खेलेका सन्दीप यस बर्ष भने टोरोन्टो नेसन्सबाट खेल्ने भएका छन् । त्यस्तै सोमपाललाई भने विन्नीपिग हक्सले लिएको हो ।

सोमपालको टिममा ड्वेन ब्राभो, जेपी डुमिनि, क्रिस लिन, उमर अकमल जस्ता खेलाडीहरु रहेका छन् । त्यस्तै सन्दिपको टिम टोरोन्टो नेसनल्समा भने हालै सन्यास घोषणा गरेका भारतीय स्टार खेलाडी युवराज सिंह मार्की खेलाडीको रुपमा रहेका छन्। यस्तै टिममा केरन पोलार्ड, ब्रेण्डन म्याकलम, चिराग सुरी जस्ता खेलाडी रहेका छन् ।

ग्लोबल टी-२० मा सन्दिपले ६० हजार डलर पाउनेछन् भने सोमपालले ३ हजार डलर पाउनेछन् । सन्दिपलाई क्यारेबियन प्रिमियर लिग टिम टिम बार्बाडोसले गत महिना ड्राफ्टबाट ७० हजार डलरमा लिएको थियो ।

सोमपाल कामि आफ्नो अल-राउण्ड क्षमताको कारण प्रसिद्ध छन् जसले बलिंग र ब्याटिंगबाट नेपाली टिमको लागि थुप्रै खेल जिताईसकेका छन् । सोमपालको नाममा टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दशौँ नम्बरमा सबै भन्दा बढी ४० रन बनाउने विश्वरेकर्ड समेत रहेको छ । 

ग्लोबल टि-२० क्यानडाको दोश्रो सिजन जुलाई २५ देखि १५ सम्म क्यानाडामा आयोजना हुँदैछ । ग्लोबल टि-२० लिग क्यानडा प्रतियोगितामा कुल ८ टिम सहभागी रहेका छन् जसमा मोन्टरियल टाइगर्स, भानकोभर नाइट्स, ब्राम्पटन वुल्भ्स, विनिपिग हक्स, एडमोन्टन रोयल्स, टोरोन्टो नेसनल्स रहेका छन् ।

सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपको एशिया स्तरको छनौट खेलको लागि जुलाई २२ देखि २८ सम्म हुने भएकाले सन्दीप र सोमपालले ग्लोबल टी-२० का सुरुवाती खेल भने गुमाउने भएका छन् ।  


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै