• २०८१ बैशाख १४ शुक्रबार

रन मेशीन डेभिड वार्नरले तोडे सचिन र गेलको रेकर्ड

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटमा अस्ट्रेलियन ओपनर डेभिड वार्नरले आफ्नो फर्मलाई निरन्तरता दिदै कैयौ रेकर्ड तोडेका छन् ।

विहिबार बंगलादेशविरुद्ध १६६ रनको शतकीय पारी खेलेका वार्नरले विश्वकप बाहेक अन्तर्राष्ट्रिय क्रिकेटमा कैयौ रेकर्ड बनाएका छन् । यस रिपोर्टमा वार्नरले बनाएका रेकर्डको बारेमा चर्चा गर्दै छौ ।

वार्नरले आइसीसी विश्वकपमा दुई पटक १५० भन्दा बढी रन बनाउने नयाँ रेकर्ड बनाएका छन् । वार्नरले बंगलादेशविरुद्ध १६६ रन बनाए भने यस अघि सन् २०१५ को विश्वकपमा अफगानिस्तानविरुद्ध १७८ रन बनाएका थिए ।

त्यस्तै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा वार्नरले सचिन तेन्दुलकर र क्रिस गेललाई समेत पछि पार्दै ६ पटक १५० भन्दा बढी रन बनाउदै नयाँ रेकर्ड समेत बनाएका छन् । वार्नरले पाकिस्तानविरुद्ध १७९, अफगानिस्तानविरुद्ध १७८, दक्षिण अफ्रीकाविरुद्ध १७३, बंगलादेशविरुद्ध १६६, श्रीलंकाविरुद्ध १६३ र न्युजील्याण्डविरुद्ध १५६ रन बनाएका छन् ।

सचिन र गेलले एकदिवसीय क्रिकेटमा ५ पटक १५० भन्दा बढी रन बनाएका छन् । यस सुचिमा भारतका रोहित शर्मा पहिलो स्थानमा रहेका छन् । रोहितले सात पटक एकदिवसीय क्रिकेटमा १५० भन्दा बढी रन बनाएका छन् ।

त्यसै गरी वार्नरले एकदिवसीय क्रिकेटमा ११० पारीमा १६शतक बनाएका छन् । उनी अस्ट्रेलियाका लागि धेरै शतक बनाउने सुचिमा एडम ग्रीलक्रिष्टसँगै तेस्रो स्थानमा पुगेका छन् । अस्ट्रेलियाका लागि रिक्की पोन्टिङले सबैभन्दा धेरै २९ शतक बनाएका छन् भने मार्क वांले १८ शतक बनाएका छन् ।

साथै वार्नरले यस विश्वकपमा ६ खेलमा २ शतक र २ अर्धशतकसहित ४४७ रन बनाउदै धेरै रन बनाउने खेलाडीको सुचिमा शिर्ष स्थानमा रहेका छन् । त्यस्तै यस सुचिमा बंगलादेशआ शकिब अल हसनले ५ खेलमा २ शतक र २ अर्धशतकसहित ४२५ रन बनाएका छन् भने अस्ट्रेलिया कै एरोन फिन्चले एक शतक र ३ अर्धशतकसहित ३९६ रन बनाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै