गुठी विधेयक बारे डा. भट्टराईको व्यंग्य : 'ज्वाई न स्वाइ अगुल्टाले च्वाइ'  

खरीबोट

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै डा. भट्टराईले गुठी विधेयकको विरोधमा काठमाडौँमा भएको विद्रोहलाई सांकेतिक रुपमा बुझ्न आग्रह गरे । 

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै गुठी विधेयक, मानवाधिकार आयोग सम्बन्धि विधेयक, प्रेस काउन्सिल विधेयक, जसमा आफैले नियुक्त गरेका व्यक्तिले पत्रकारलाई कारवाही गर्न सक्छन, सुरक्षा काउन्सिल विधेयक, जसमा प्रधानमन्त्रीले सिधै संकटकाल घोषणा गर्ने अधिकार दिइएको छ, यी सबै विषय संबिधान सम्मत नरहेको, लोकतन्त्र सम्मत नभएको दाबि गर्दै राज्य केन्द्रीकरणतर्फ जान खोजेको बताए ।

गुठी विधेयकको प्रसंगमा उनले भने, 'अन्य अर्थ नलागोस् म पनि काठमाडौँ मै नेवार समुदाय विवाह गरेको मान्छे हुँ, धेरै ठट्टा के आएको छ भने, अस्ति माइतिघारमा हाम्रा ससुराली खलकले जुन अगुल्टा उचाले, यसबाट हाम्रा ज्वाई प्रधानमन्त्री, ज्वाई उपप्रधानमन्त्री र ज्वाई मन्त्रीहरु सतर्क रहन आग्रह गर्दछु ।'               
 

सम्बन्धित समाचार

सत्तारुढ दलकै सांसदको सरकारलाई प्रश्न : अमेरिकाले स्पष्टिकरण सोधेको हो ? 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुसालले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा गरेको कुराकानीको विषयलाई लिएर अमेरिकी राजदूतावासले स्पष्टीकरण सोधेको भन्ने विषयमा सरकारको जवाफ

शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

काठमाडौँ । ‘‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । सभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले

सांसदहरुको आग्रह :सरकार, कर छल्नेबाट कर उठाऊ

काठमाडौं । ‘सरकार कर उठाउने हो भने एनसेलसँग उठाऊ, जनतासँग धेरै नउठाऊ । राजश्व छल्ने ठूला व्यापारीसँग उठाऊ, नागरिकलाई मारमा नपार ।’  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा  यसरी आफ्नो विचार

डिला संग्रौलाको प्रश्न - डेंगु नियन्त्रणका लागि सेना परिचालन ?

काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा.डिला संग्रौलाले डेंगु नियन्त्रणका लागि सेना परिचालन गर्ने विषयमा संसदमा ध्यानाकर्षण गराएकी छन् । संग्रौलाले आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै डेंगु नियन्णमा सरकारले सुरुवातदेखि नै ध्यान


z