• २०८१ बैशाख ८ शनिबार

गुठी विधेयक बारे डा. भट्टराईको व्यंग्य : 'ज्वाई न स्वाइ अगुल्टाले च्वाइ'  

kharibot

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै डा. भट्टराईले गुठी विधेयकको विरोधमा काठमाडौँमा भएको विद्रोहलाई सांकेतिक रुपमा बुझ्न आग्रह गरे । 

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै गुठी विधेयक, मानवाधिकार आयोग सम्बन्धि विधेयक, प्रेस काउन्सिल विधेयक, जसमा आफैले नियुक्त गरेका व्यक्तिले पत्रकारलाई कारवाही गर्न सक्छन, सुरक्षा काउन्सिल विधेयक, जसमा प्रधानमन्त्रीले सिधै संकटकाल घोषणा गर्ने अधिकार दिइएको छ, यी सबै विषय संबिधान सम्मत नरहेको, लोकतन्त्र सम्मत नभएको दाबि गर्दै राज्य केन्द्रीकरणतर्फ जान खोजेको बताए ।

गुठी विधेयकको प्रसंगमा उनले भने, 'अन्य अर्थ नलागोस् म पनि काठमाडौँ मै नेवार समुदाय विवाह गरेको मान्छे हुँ, धेरै ठट्टा के आएको छ भने, अस्ति माइतिघारमा हाम्रा ससुराली खलकले जुन अगुल्टा उचाले, यसबाट हाम्रा ज्वाई प्रधानमन्त्री, ज्वाई उपप्रधानमन्त्री र ज्वाई मन्त्रीहरु सतर्क रहन आग्रह गर्दछु ।'               
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै