• २०८१ बैशाख १२ बुधबार

जिल्ला अदालत बाराका डिठ्ठा घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत कलैया,बाराका डिठ्ठा ( खरिदार) लाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियारले खरदार सुनिल चौधरीले अदालतको फैसला कार्यान्वयनका लागि मालपोत कार्यालयलाई पत्राचार गर्नु पर्नेमा सो नगरी सेवाग्राहीसँग १८ हजार घुसबापतको रकम लिइसकेको अवस्थामा उक्त घुस रकम सहित कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित अदालत अगाडिको चियापसलबाट रङ्गेहात नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे अहिले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै