यस्तो छ भाइटीकाको उत्तम साइत

खरीबोट
ad

काठमाडौँ । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । 

समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले सो समय अभिजित् (विजय) मुहूर्तको साइत दिएको जानकारी दिए । उनका अनुसार भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो हुन्छ । 

यस वर्षको यमपञ्चक अर्थात् तिहार पर्व असोज ३१ गते मंगलबारदेखि शुरु हुँदैछ । ३१ गते (कार्तिक कृष्ण त्रयोदशीका दिन) काग तिहार र धनवन्तरी जयन्ती, कात्तिक १ गते बुधबार कुकुर तिहार र नरक चतुर्दशी, २ गते बिहीबार लक्ष्मी पूजा, कात्तिक ३ गते शुक्रबार गाई, गोरु तिहार, कृषक र गोवद्र्धन पूजा एवं कात्तिक ४ गते शनिबार भाइटीका परेको अध्यक्ष गौतमले जानकारी दिए । 

कुल परम्पराअनुसार कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन् । शास्त्रीयरूपमा गाईको पूजा भने कार्तिक शुक्ल प्रतिपदाकै दिन हुनुपर्ने समितिले जनाएको छ । 

सम्बन्धित समाचार

तिहारअगावै पटाका भित्रिदै

वीरगञ्ज । हिन्दूको महान चाड तिहारलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु गरेका छन् । नेपाल–भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै

मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईपलाईन ५० प्रतिशत सम्पन्न 

बारा। राष्ट्रिय गौरवका आयोजना मध्यको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईन गाड्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । चार महिना पहिले गाड्न शुरु गरेको यो पाईप लाईन निर्माणको काम ५० प्रतिशत

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए

दुनै, डोल्पा । भाइ तिहार सकिएको दुई महिनापछि आज कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका

तिहारमा १४ करोड रुपैयाँ बराबरको सयपत्री फूलको कारोबार

काठमाडौं । यस वर्ष तिहारमा १४ करोड रुपैयाँ बराबरको सयपत्री फूलको कारोबार भएको छ ।  फ्लोरिकल्चर एशोसिएसन अफ नेपालका अनुसार माग धेरै हुँदा आपूर्तिको सन्तुलन मिलाउन नसक्दा सयपत्री फूल महंगो भएको