• २०८१ बैशाख १३ बिहीबार

कप्तान र बोर्डको लागि होइन देशको लागि खेल्छु – राशिद खान

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटमा लगातारको हारपछि अफगानिस्तानको टिम अहिले विवाद र संकटमा देखिएको छ । विश्व क्रिकेटमा छोटो समयमा चर्चाको शिखरमा पुगेको अफगानिस्तानका क्रिकेटरहरु पनि विवादमा परेका छन् ।

शनिबार भारतविरुद्ध खेल्न लागेको अफगानिस्तान टिमका चर्चित स्पिन बलर राशिद खानले पछिल्लो आलोचना र विवादका बारेमा आफ्नो मुख खोलेका छन् ।

राशिदले टिममा सबै ठीक चलेको दाबी गर्दै आफु नत कप्तानको लागि नत अफ्गंसितन क्रिकेट बोर्डको लागि खेल्ने भन्दै आफु अफगानिस्तान देशको लागि खेल्ने बताएका छन् । विश्वकपमा राशिदको प्रदर्शनको आलोचना भैरहेका बेला उनले नयाँ कप्तान गुलबदीन नैबसँग आफ्नो सम्बन्ध राम्रो भएको बताएका छन् । विश्वकपका लागि नैबलाई कप्तान बनाउदा राशिद खान, मोहमद नाबी जस्ता खेलाडीहरुले असन्तुष्टि जनाएका थिए ।

विश्वकपमा लगातार ५ खेलमा हार बेहोरेको अफगानिस्तानको हारमा खेलाडी-खेलाडीबिचको समन्यव नभएको र खासगरी राशिद र कप्तान नैबबीचको सम्बन्ध अगाडी आएको थियो । भारतीय समाचार एज्नेसी पिटीआईसँग कुरा गर्दै राशिदले भनेका छन्, नैबसँग मेरो सम्बन्ध राम्रो छ ।  मैले उसलाई त्यति नै सहयोग गर्छु जति असगरलाई गर्थे । इङल्याण्ड पुगेपछि मैले कहिल्लै पनि यस विषयमा कुरा गरेको छैन । मलाई लाग्छ मिडियाले कुरा बढाएर प्रस्तुत गरिरहेको छ ।'

नैबलाई कप्तान बनाउदाको आफ्नो असन्तुष्टि बारे राशिदले स्पष्ट पर्दै भने,  'त्यतिबेलाको मेरो र नावीको ट्वीट असगरको समर्थन र नैबको विरोधमा थिएन, त्यो अफगानिस्तान क्रिकेटको राम्रोको लागि थियो । मलाई टिममा मेरो भूमिका थाहा छ र मैले आफ्नो काम गरिरहने छु ।'

विश्वकपमा राशिदले ५ खेलमा केवल ३ विकेट लिएका छन् भने इङल्याण्डविरुद्ध ९ ओभरमा ११० रन दिएर विश्वकपको इतिहासमा धेरै रन दिने बलर बनेका छन् ।                                            

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै