• २०८१ बैशाख ७ शुक्रबार

एनआरएनए  स्कटल्याण्डद्वारा  रास्कोट अस्पताललाई सहयोग 

kharibot

स्कटल्याण्ड । एनआरएनए स्कटल्याण्डले कालिकोटको रास्कोटमा बन्न लागेको रास्कोट सामुदायिक अस्पताललाई सहयोग प्रदान गरेको छ ।

एनआरएनए  स्कटल्याण्डका अध्यक्ष  मोहन कार्कीले  गत मार्च महिनामा एनआरएनए स्कटल्याण्डले  आयोजना गरेको हिल वाक कार्यक्रमबाट संकलित पचास हजार रुपैंया रबि लामिछाने फाउन्डेसन मार्फत रास्कोट अस्पताल प्रदान गरिएको बताए ।

सहयोग रकम संकलन अभियानमा कृष्ण दाहाल, राम बगाले, उज्वल कार्की, दिवाकर पाण्डे, बलराम पौडेल ,माधव भण्डारी, राम श्रेष्ठ लगायतको सक्रियता रहेको थियो ।

रास्कोट सामुदायिक अस्पताललाई नमुना सामुदायिक स्मार्ट अस्पताल बनाउने लक्ष्य राखिएको छ भने अस्पतालबाट कालिकोटका पचास हजार बासिन्दा लाभान्वित हुने जनाइएको छ ।

अध्यक्ष मोहन कार्कीले आगामी दिनहरुमा एनआरएनए स्कटल्याण्डले यस्तै प्रकारका अन्य सहयोगहरु  गर्ने बताए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै