• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओलीलाई पत्रकारहरुको हस्ताक्षर बुझाईयो

kharibot

काठमाडौं । नेपाल पत्रकार महासंघले मिडिया काउन्सिल विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।

नेपाल पत्रकार महासंघका कार्यबहाक अध्यक्ष विपुल पोखरेल नेतृत्वको टोलीले शुक्रबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई सो विधेयक फिर्ता लिन दवाव स्वरुप संकलन गरिएको पत्रकारहरुको हस्ताक्षर बुझाएको हो।

प्रधानमन्त्रीले समय नदिएपछि प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यमार्फत सो विधेयक फिर्ताका लागि दवाव स्वरुप पत्रकारहरुले संकलन गरेको हस्ताक्षर सरकारलाई बुझाइएको महासंघका कार्यबहाक अध्यक्ष पोखरेलले जानकारी दिए ।

महासंघले सो विधेयक फिर्ता लिन दवाव दिन असार ३, ४ र ५ गते देशभरका पत्रकारहरुको हस्ताक्षर अभियान संकलन गरेको थियो। सोही हस्ताक्षर आज देशभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री ओलीलाई बुझाइएको हो ।

महासंघले सो विधेयक फिर्ता नलिएपछि आगामी असार मसान्तसम्म सरकारविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा गरिसकेको छ । प्रेसमाथि अंकुश लगाउने गरी आएको सो विधेयक फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने पनि महासंघका कार्यबहाक अध्यक्ष पोखरेलले बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै