• २०८१ बैशाख ७ शुक्रबार

इटहरीका मेयरले मागे माफी

kharibot

इटहरी । महिलाको अपमान हुनेगरी बोलेर फेरी विवादमा तानिएका इटहरीका मेयर द्वारिकलाल चौधरीले माफी मागेका छन् । शुक्रबार विज्ञप्ति सार्वजनिक गर्दै महिलाको भावनामा चोट पुगेकोमा मेयर चौधरीले माफी मागेका हुन् ।

इटहरीमा बढ्दो यौन धन्दालाई नरोकी समुन्नत नगर निर्माणको परिकल्पना अधुरो हुने बताउँदै चौधरीले आफूले बोलेको शब्दमा माफी मागेका हुन् । 

उनले महिलालाई अपमान हुने गरी सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि उनको चौतर्फी आलोचना भएको थियो ।

उनले विज्ञप्ति मार्फत माफी माग्दै, ‘महिला दिदीबहिनीप्रति मेरो भावना र आशय गलत थिएन, छैन र रहने पनि छैन। म सदैव महिला दिदी बहिनीप्रति सम्मान गर्न चाहन्छु,’ उनले लेखेका छन्, ‘कार्यक्रममा मैले बोलेका केही शब्दले देश विदेशमा रहेका तमाम नेपाली आमा दिदी बहिनीको भावनामा चोट पर्न गएकोमा दुःख व्यक्त गर्दै क्षमायाचना गर्दछु।’

विज्ञप्तिमा मेयर चौधरीले इटहरीको समृद्धि र विकास महिला दिदी बहिनीको साथ बिना सम्भव नहुने भन्दै सहयोगको लागि आग्रहसमेत गरेका छन् । उनले सार्वजनिक कार्यक्रममा महिलाको विषयमा दिएको अभिव्यक्तिको कारण चर्को आलोचना भएको थियो। यौन विकृती न्युनिकरण सम्बन्धी कार्यक्रममा उनले महिला वेश्यावृत्तिमा लागेको भन्दै आलोचना गरेका थिए । 

यस अघि मेयर चौधरीले पत्रकारलाई कुट्ने धम्की दिएपछि चर्चमा आएका थिए ।

विज्ञप्ति:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै