• २०८१ बैशाख ५ बुधबार

सबै सदस्यमा छ औँला भेटिएपछि परिवारको नाम नै 'फेमिली अफ सिक्स' !

kharibot

तस्बिर : Discovery/Barcroft Productions/http://metro.co.uk

ब्राजिल । खास गरी कुनै पनि मान्छेको कुनै अंग बढी वा कम हुनुलाई हामी असाधारण मान्छाँै तर ब्राजिलका एक परिवारको कथा भने बेग्लै छ । डी सिल्भा परिवारका सबै सदस्यका हातमा ६ वटा औँलाहरु छन् । कसै कसैका लागि एउटा मात्रै औँला हुनु दुःख र झन्झट हुने गरे पनि यो परिवारलाई भने यो असाधारण कुराले झन् विशेष बनाइदिएको छ ।

समस्याको रुपमा भन्दा पनि यो परिवारले भने ६ औँलावाला यी सदस्यहरु भने म्युजिक बजाउन र गोलकिपिङमा थप औँलाले झन् मद्दत गरेको बताए । रोचक कुरा त छ वटै औँलाहरु सामान्य रुपमै काम गरिरहेका छन् । ब्राजिलियामा बस्ने अलेसान्द्रोको परिवारमा यस्तो विशेष गुण देखिएको हो ।

जन्मिदै गरेका बच्चाका समेत ६ वटा औँला पाइएपछि यो परिवारलाई नै छ आँैले परिवार (फेमिली अफ सिक्स) भनेर चिनिन थालिएको छ ।

  • एजेन्सीबाट अनुदित ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै