• २०८१ बैशाख ८ शनिबार

भारतलाई ‘सरप्राइज’ दिने तयारीमा अफगानिस्तान

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत दुई खेल हुदै छन् काठमाडौँ । पहिलो खेलमा दुई एशियाली टिम आज भारत र अफगानिस्तान खेल्दै छन् । त्यस्तै दोस्रो खेलमा न्युजील्याण्ड र वेस्टइन्डिजबीच खेल्दै छन् ।

पहिलो खेलमा अहिलेसम्म अपराजित रहेको भारत र अहिलेसम्म विश्वकपमा जित हासिल गर्न नसकेको अफगानिस्तान बीचको यो खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

भारतले अहिलेसम्म ४ खेल खेलेको छ भने ३ खेलमा जित हासिल गरेको छ । एक खेल भने बर्षाले प्रभावित हुदा अंक बाडेको थियो । त्यस्तै अफगानिस्तान भने अहिलेसम्मका ५ खेलमा नै पराजित भएको छ ।

विश्वकपमा भारतीय टिम ओपनर शिखर धवन इन्जुरीका कारण विश्वकपबाट बाहिरिएका छन् भने तिब्रगतिका बलर भुवनेश्वर कुमार पनि इन्जुरीका कारण अफगानिस्तानविरुद्धको खेल खेल्ने छैनन् । त्यस्तै अर्का अलराउन्डर विजय शंकर पनि अभ्यासका क्रममा घाइते भएकाले यस खेलमा खेल्ने नखेल्ने अझै अनिश्चित रहेको छ । यस खेलमा धवनको ठाउमा टिममा आएका ऋषव पन्त खेल्ने सम्भावना रहेको छ ।

त्यस्तै अफगानिस्तान पनि विस्फोटक ब्याट्सम्यान तथा विकेटकिपर मोहमद शाहजाद टिमबाट विवादित रुपमा बाहिरिएका छन् । यस विश्वकपमा अफगानिस्तानका स्टार खेलाडीहरु राशिद खान, मोहमद नावीहरु क्षमता अनुसार प्रदर्शन गर्न सकिरहेका छैनन् ।

भारतका लागि यस खेलमा रोहित शर्मा प्रमुख खेलाडी हुने देखिन्छ । उनले यस विश्वकपमा अहिलेसम्म ३ खेलमा २ शतक र एक अर्धशतकसहित ३१९ रन बनाएका छन् । उनी भारतका तर्फबाट यस विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी समेत हुन् ।

त्यस्तै भारतीय कप्तान विराट कोहली यस विश्वकपमा शतक प्रहार गरेका छैनन् भने उनको शतकको प्रतिक्षा उनका फ्यानहरुलाई रहेको छ । उनले ३ खेलमा २ अर्धशतकसहित १७७ रन बनाएका छन् ।

त्यस्तै भारतीय बलर जसप्रित बुमराह र युजबेन्द्र चहलको प्रदर्शन पनि अफगानिस्तानविरुद्ध हेर्न लायक हुने छ । चहलले अहिलेसम्म ६ विकेट लिएका छन् भने बुमराहले ५ विकेट लिएका छन् ।

त्यस्तै अफगानिस्तानका लागि हशामतुल्लाह शाहिदी, नज्बुल्लाह जर्दान जस्ता ब्याट्सम्यानले रन बनाउनु पर्ने देखिन्छ भने शाहजाद बाहिरिए पछि अफगानिस्तानको ब्याटिङ लाइनअप अलि कम्जोर देखिएको छ ।

तर बलियो मानिएको अफगानिस्तानको बलिङ आफ्नो क्षमता अनुसार खेलेमा भारतलाई सरप्राइज गर्न भने सक्दछ । यसमा मोहमद नावी र राशिद खानको प्रदर्शनमा नै धेरै कुरा निर्भर हुने दखिन्छ ।

अफगानिस्तानका स्पिनर राशिद खानले विभिन्न अन्तर्वार्तामा भारतविरुद्ध विशेष तयारीका साथ मैदानमा उत्रिने बताउदै भारतलाई अफगानिस्तानले ‘सरप्राइज’ दिनसक्ने बताएका छन् । उनले विश्वकपको तयारी राम्रोसँग गरेको भएपनि अहिलेसम्मको प्रदर्शन राम्रो गर्न नसकेको बताउदै भारतविरुद्ध राम्रो प्रदर्शन गर्ने बताएका छन् ।  
         

           
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै