• २०८१ बैशाख ६ बिहीबार

सचिनसहितका २० खेलाडीलाई निर्देशन, बोर्डको काम र कमेन्ट्री मध्ये एक रोज

kharibot

काठमाडौँ । भारतीय क्रिकेट बोर्डले आफ्ना वर्तमान खेलाडी तथा पुर्व खेलाडीहरुलाई बिसीसीआई र आइपिएलमा काम गर्न या विश्वकपमा कमेन्ट्री मध्ये एक चुन्न भनेको छ । 

जारी विश्वकपमा भारतका पुर्व खेलाडीहरु सचिन तेन्दुलकरसहित, सौरभ गंगुली, विरेन्द्र सहवाग, भिभियस लक्ष्मणलगायतले विश्वकपमा कमेन्ट्री गरिरहेका छन् भने अहिले भारतीय टिममा नरहेका खेलाडीहरु हरभजन सिंह, इरफान पठान जस्ता खेलाडीहरुले पनि विश्वकपमा कमेन्ट्री गरिरहेका छन् ।

यी खेलाडीहरुको धोरो भूमिका भएको र यसबाट दोहोरो लाभ लिएको आरोप लगाउदै भारतीय क्रिकेट, आइपिएल वा विश्वकपको कमेन्ट्री मध्ये एक रोज्न दुई साताको समय दिएको हो ।

बोर्डले खेलाडीहरुले लोढा प्यानलक ओसिफारिश नमानेको भन्दै यस्तो आदेश दिएको मिडिया रिपोर्टमा उल्लेख छ । लोढा प्यानलको सिफारिश अनुसार नै पुर्व खेलाडी राहुल द्रभिडले तत्कालिन आइपिएल टिम दिल्ली डेयर डेभिल्स छोडेपछि भारत ए र भारतीय यू-१९ टिमको प्रशिक्षक बनाएको उल्लेख छ ।

हाल विश्वकपमा पुर्व र वर्तमान गरेर करिब २० भारतीय क्रिकेटर कमेन्टेटरको रुपमा काम गरिरहेको बताइएको छ । बोर्डले बिसीसीआई र आइपिएल तथा स्टार स्पोर्ट्ससँगको खेलाडीहरुको सम्झौतालाई लिएर प्रश्न उठाएको बताइएको छ । एक व्यक्ति एक पदलाई जोड दिदै बोर्डले सौरव गांगुली, दिल्ली क्यापिटलको मेन्टर, बिसीसीआईको एडभाइजरी कमिटीको सदस्य, बङ्गाल क्रिकेट एसोसियसनको अध्यक्ष तथा स्टार स्पोर्ट्सको कमेन्टेटर रहेका छन् ।

त्यस्तै सचिन र लक्ष्मण मुम्बई तथा सनराइजर्सको मेन्टर छन् भने स्टार स्पोर्ट्सका लागि कमेन्टेटरको भूमिकामा समेत रहेका छन् । यस्तो मा बोर्डले बिसीसीआईको काम वा स्टार स्पोर्ट्सको काम मध्ये एक रोज्ननिर्देशन दिएको छ ।

त्यस्तै हरभजन सिंह, पार्थिव पटेल, इरफान खानलगायतका खेलाडीहरुलाई सन्यास लिएपछि मात्र कमेन्ट्री गर्ने सक्ने निर्देशन दिएको छ ।

भारतीय क्रिकेट बोर्डको यस्तो निर्देशन पछि अब विश्वकपको टिभी कमेन्ट्रीमा भारतीय चर्चित खेलाडी नदेखिन सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।                                                                                             
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै