मोटोपना बढ्दै छ, के गर्ने के नगर्ने ? 

खरीबोट

काठमाडौँ । मोटोपना बढ्नुको पछाडिको सबैभन्दा ठूलो कारण हाम्रो खराब बानी हो । एक तथ्यका अनुसार सधैँ टिभी हेर्दै खाने मानिसको तौल ह्वात्तै बढ्छ ।

यसबाहेक कोल्ड ड्रिंक शरीरको लागि पनि राम्रो मानिँदैन । तर हामी  दिनहुँ धेरै पटक पिउने गर्दछौं । कोल्ड ड्रिकमा सुगर र क्यालोरी धेरै हुन्छ । जसको कारण शरीरको तौल बढ्दछ । साथै डिब्बामा बन्द जुसले पनि तौल बढाउने काम गर्दछ ।  यसको साथै अन्य कैयौं कारणबाट तौल बढ्न जान्छ । 

सवारीसाधनमा खादै यात्रा गर्दा 

लामो यात्राको क्रममा हामी केही न केही मुखमा हालिराखेका हुन्छौँ । चाहे त्यो समोसा होस् चिप्स होस् वा अन्य केही । यी सबै अस्वस्थ खानाले पेट कम भर्छ र शरीरमा क्यालोरी बढि हुन जान्छ । 

के गर्ने ?

लामो यात्रामा निस्किनुभएको छ भने आफनो साथमा पौंष्टिक आहार र पानीको बोतल पनि राख्नुस् । यात्राको क्रममा तपाई फल, गाजर, काँक्रो या सलाद खान सक्नुहुन्छ । 

टिभी हेर्दै खाना खादा 

टिभी हेर्दै खाना नखानुस् किनकी यसले हाम्रो ध्यान बाडिन्छ । हामी अन्दाज गर्नै सक्दैनौ की एक चोटीमा कति खाना खायौं । 

के गर्ने 

खाना सधै चबाएर र अनि विस्तारै स्वाद लिएर खानु पर्दछ । यसले पाचन क्रियालाई पनि ठिक गर्छ । 

एक किसिमको खाना खाने 

कहिले काँही  मान्छेहरु तौल कम गर्नको लागि  खास डाइट प्लानको साथ खाना खान थाल्छन्  । तौल कम गर्नको लागि एउटै आहार सधै खानाले सहि मात्रामा पोषण पुग्दैन ।  

के गर्ने ?

शरिरलाई अलग अलग तरिकाले पोषक तत्व दिनको लागि भोजन सधै बदलेर पौष्टिक खाना खानु आवश्यक हुन्छ । 

चिया कफीको बानी 

चिया कफी धेरै मान्छे जरुरत लागेपछि पिउछन् । दिन भरमा धेरै पटक चिया कफी पिएका हुन्छन् । यो बानीले तौल बढाउछ । 

के गर्ने ?

कफीको बानी हटाउनको लागि ग्रीन टि पिउन सकिन्छ । यो पिउनाले तौल बढ्दैन् । 

बिहानै नास्ता खाने 

बिहानै नाश्ता नगर्नाले मानिसलाई धेरै भोग लाग्दछ । जसको कारण एकै साथ मानिस धेरै खाना खान लाग्दछन् । र यही बानीले तौल बढाउन मदत गर्दछ । 

कार्बोहाइड्रेटको धेरै सेवन 

कार्बो हाइड्रेटले रगतमा ग्लुकोजको मात्रा बढाउछ । जसको कारण इन्सुलिनको मात्रा बढ्न जान्छ । यस कारण पनि शरिरको तौल बढ्न जान्छ ।

सम्बन्धित समाचार

आजदेखि सोह्र श्राद्ध प्रारम्भ, यस्तो छ पौराणिक मान्यता

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ

उमेर नपुग्दै विवाह : परिपक्वतासँगै सम्बन्धविच्छेद

रोल्पा । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उहाँको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको

बालबालिकालाई प्रेम किन सिकाउने ?

मलाई थाहा छ तपाइँले प्रेमलाई साँघुरो घेरामा बुझ्नु हुने छैन् । शारीरिक आशक्तिको रुपमा हेर्नु हुने छैन् । प्रेमको यति साघुरो घेरा पनि हुदैन् । प्रेमको संकुचित र आशक्तिबाट तपाईं

आज श्रीकृष्ण जन्माष्टमी : यस्तो छ पौराणिक मान्यता र कृष्ण-लीला प्रसंग

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई


z