• २०८१ बैशाख ७ शुक्रबार

अफगानिस्तानका स्पिनरले भारतलाई २२४ रनमा रोके

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारतले अफगानिस्तानलाई २२४ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिला ब्याटिंग गरेको भारतले संघर्षपूर्ण ब्याटिंग गर्दै २२४ नमा समेटिएको हो । भारतले ५० ओभरमा ८ विकेट गुमाउदै २२४ रन बनाएको हो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रन बनाएका थिए । ६३ बलमा ६७ रन बनाएर आउट भएका विराटले केएल राहुलसँग दोस्रो विकेटको लागि ५७ र विजय शंकरसँग तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।

७ रनमै रोहित शर्माको रुपमा पहिलो विकेट गुमाएको भारतलाई अफगानिस्तानका स्पिन बलरले खुलेर खेल्न दिएका थिएनन् । यस अघि २ शतक र २ अर्धशतक बनाएका रोहित यस खेलमा १ रनमा आउट भएका थिए ।

भारतका लागि केदार जादभले ५२ रन बनाए भने केएल राहुलले ३०, विजय शंकरले २९, महेन्द्र सिंह धोनीले २८ रन बनाएर आउट भएका थिए । त्यस्तै हार्दिक पाण्डेय ७ रन बनाएर आउट भए भने मोहमद सामीले १ रन बनाएर आउट भए । 

अफगानिस्तानका बलर मोहमद नावी र गुलबदीन नैबले २- २ विकेट लिए भने मुजीब उर रहमान, राशिद खान, अफताब आलम र रहमत शाहले एक एक विकेट लिएका थिए । नैबले अन्तिम ओभरमा भारतका दुई विकेट लिएका थिए ।   

नावीले केएल राहुल र कप्तान विराट कोहलीलाई आउट गरेका थिए भने उजीबले रोहित शर्मालाई, राशिद खानले महेन्द्र सिंह धोनीलाई आउट गरेका थिए ।

प्रतियोगितामा भारत अहिलेसम्म अपराजित हुदै ४ खेलमा ७ अंक हासिल गरेको छ भने अफगानिस्तान अहिलेसम्म खेलेका सबै ५ खेलमा हार बेहोरेको छ ।                                     
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै