• २०८१ बैशाख १३ बिहीबार

नेकपाको बैठक बिना निष्कर्ष सकियो  

kharibot

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ ।

अर्को बैठकको समय नतोकी बालुवाटारमा शनिबार दिउँसो सुरु भएको बैठक सकिएको हो । 

बैठकले पेचिलो बन्दै गएको जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्ने विषयको विवाद टुंगाउन सकेन । दोहोरो जिम्मेवारीका विषयमा माधव नेपाल पक्षका नेताहरुले दोहोरो जिम्मेवारी नदिने पक्षमा छन् भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा नेताहरु दोहोरो जिम्मेवारी दिने पक्षमा रहदा विवाद भैरहेको छ ।

यही विवादका कारण गत जेठको २१,२२ र २३ गते बसेको सचिवालय बैठकले पनि जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्न सकेको थिएन । त्यसपछि प्रधानमन्त्री ओलीको यूरोप भ्रमण गएका थिए। उनी भ्रमणबाट आउने बित्तिकै जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोक्न सचिवालय बैठक डाकिएको थियो । 

१३ महिनादेखि थन्किएको राजधानीतिक प्रतिवेदनबारे भने पार्टी अध्यक्षद्वयले बैठकलाई जानकारी गराएको बताइएको छ । बैठकमा दुबै अध्यक्षले उक्त राजनीतिक प्रतिवेदन सम्पादनको अन्तिम चरणमा रहेको र छिट्टै सार्वजनिक गर्ने बताएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । 

बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, महासचिव विष्णु पौडेल, वामदेव गौतम, रामबहादुर थापा बादल, ईश्वर पोखरेलमात्र बैठकमा सहभागी थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै