• २०८१ बैशाख १३ बिहीबार

हिट जोडी आमिर र करीना फेरी सँगै 

kharibot

काठमाडौँ । बलिवुड अभिनेत्री करीना कपुरले बलिवुडका मिस्टर पर्फेक्ट आमिर खानसँग फेरीसँगै काम गर्ने भएकी छन् ।

यस अघि थ्री इडियट्स र तलाश जस्ता सुपरहिट फिल्ममा सँगै काम गरेका यो हित जोडी नयाँ फिल्म लाल सिंह चढ्ढामा फेरीसँगै काम गर्ने भएका हुन् ।

हलिवुडको फिल्म फरेष्ट गंपको हिन्दी रिमेकमा बन्न लागेको लाल सिंह चढ्ढा बन्न लागेको हो । आफ्नो जन्मदिनमा यस फिल्मको घोषणा गरेका आमिरको यस फिल्ममा करीनाको सहभागिताले यस फिल्मको चर्चा झन् बढेको छ ।

यो फिल्म २०२० को क्रिसमसमा रिलिज हुने बताइएको छ भने यस फिल्मलाई अद्वैत चन्दनले निर्देशन गर्ने भएका छन् । अतुल कुल्कर्णीले यस फिल्मको स्क्रिप्ट लेखेका छन् भने यस फिल्मको निर्माण आमिर खान प्रोडक्सन र भायाकम १८ मिलेर गर्ने भएका छन् ।                                   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै