• २०८१ बैशाख ६ बिहीबार

राष्ट्र बैंकले सोमबार १२ अर्ब २८ करोडको ट्रेजरी बिक्री गर्ने

kharibot

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार १२ अर्ब २८ करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ । 

जारी मिती असार १० गते तोकिएको ट्रेजरी खरिदमा बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले सहभागिता जनाउन सक्नेछन । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको तीन अर्ब २५ करोड, ९१ दिने अवधिको सात चार अर्ब तीन करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब रुपैयाँ रहेको छ ।

राष्ट्र बैंकका अनुसार सो मध्ये २८ दिने टे«जरीको परिपक्व हुने मिति बिसं २०७६ साउन सात गते, ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७६ असोज सात गते र एक सय ८२ दिने टे«जरीको परिपक्व हुने अवधि बिसं बिसं २०७६ पुस आठ गते रहेको छ । 

यसअघि असार दुई गतेपनि ९१ दिने अवधिको आठ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी जारी गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै