• २०८१ बैशाख ११ मंगलबार

विश्वकपको अंकतालिका : इङल्याण्डको सेमिफाइनल यात्रा मुश्किलमा !

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटका समुह चरणका करिब ६-६ खेल सकिदा अंक तालिका रोचक बनेको छ । कुल ९-९ खेल हुने समुह चरणमा भारत र पाकिस्तान ५-५ खेल खेलेका छन् भने अन्य सबै टिम ६-६ खेल खेलिसकेका छन् ।

अहिलेसम्मको अंक तालिका अनुसार अपराजित हुने टिममा न्युजील्याण्ड र भारत रहेका छन् । न्युजील्याण्ड ६ खेलमा ५ जित र एक खेल बर्षाले रद्ध हुदा ११ अंकसहित शिर्ष स्थानमा छ भने भारत ५ खेलमा ४ जित र एक खेल बर्षाले रद्ध हुदा ९ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै विश्वकपको डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाले के खेल हारेको छ । अस्ट्रेलियाले ६ खेलमा ५ जित र एक हारसहित १० अंक सहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आयोजक इङल्याण्ड  र श्रीलंकाले २-२ खेलमा हार बेहोरेका छन् । इङल्याण्ड र अहिलेसम्म ६ खेलमा ४ जित र २ हारसहित ८ अंकसहित चौथो स्थानमा छ । त्यस्तै श्रीलंका भने २ खेलमा हार बेहोर्यो भने २ खेल बर्षाले रद्ध हुदा त्यसको असर पर्ने देखिएको छ । श्रीलंका ६ खेलमा २ जित, २ हार र २ खेल बर्षाले रद्ध हुदा कुल ६ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

त्यस्तै बंगलादेशले ३ खेलमा हार बेहोरेको छ । अहिलेसम्म ६ खेलमा २ जित, ३ हार र एक बर्षाले रद्ध हुदा ५ अंक सहित छैठौ स्थानमा रहेको छ ।

त्यस्तै वेस्टइन्डिज र दक्षिण अफ्रीकाले ४-४ खेलमा पराजित भएका छन् । दुवै देशकालागि अब विश्वकपको सेमिफाइनलको यात्रा मुश्किल देखिएको छ । ६-६ खेल खेल्दा दुवैको ३-३ अंक रहेको छ ।

त्यस्तै पाकिस्तानले अहिलेसम्म ३ खेलमा हार बेहोरेको छ । ५ खेलमा एक जित र एक बर्षाले रद्ध हुदा केबल ३ अंकसहित नवौ स्थानमा रहेको छ ।

अफगानिस्तान भने ६ खेलमा सबै खेल हारेर विश्वकपबाट बाहिरिएको छ ।

सेमिफाइनलको सम्भावना :

अहिलेसम्मको अंक तालिका हेर्दा न्युजील्याण्ड र अस्ट्रेलिया सजिलै सेमिफाइनलमा पुग्ने अनुमान गर्न सकिन्छ । दुवै टिमले अब कम्तिमा एक खेल जितेमा सेमिफाइनलको यात्रा लगभग तय हुने देखिन्छ ।

सेमिफाइनलमा पुग्ने अर्को टिम अहिलेसम्म अपराजित रहेको भारत हुने सम्भावना रहेको छ । भारतले अब कम्तिमा दुई खेल जितेमा सेमिफाइनलको यात्रा सुरक्षित हुने देखिन्छ ।

इङल्याण्डको सेमिफाइनल यात्रा मुश्किल

तर सेमिफाइनलमा पुग्ने चौथो टिमका बारेमा अझै केहि भन्न सक्ने अवस्था रहेको छैन । त्यस्तै अब सेमिफाइनलमा पुग्ने चौथो टिममा इङल्याण्डसहित श्रीलंका, बंगलादेश र पाकिस्तान दौडमा रहेको देखिन्छ ।

अहिले चौथो स्थानमा रहको इङल्याण्डको सेमिफाइनल यात्रा मुश्किल हुने सम्भावना देखिएको छ । इङल्याण्डको अब खेल्न बाँकी खेलहरु ठुला टिमसँग मात्र रहेकाले उसको सेमिफाइनल यात्रामा अवरोध आउन सक्ने दखिन्छ । इङल्याण्डले जुन २५ मा अस्ट्रेलियासँग, जुन ३० मा भारतसँग र न्युजील्याण्डसँग जुलाई ३ मा खेल्दै छ । तिनै टिम अंक तालिकामा शिर्ष तीन स्थानमा रहेका छन् ।

इङल्याण्डले यी तीन टिम मध्ये कम्तिमा २ खेल जित्नै पर्ने अवस्था रहेकोले उसको सेमिफाइनल यात्रा पछिल्लो श्रीलंकाविरुद्धको खेलमा पराजित भएसँगै मुश्किलमा परेको देखिएको छ ।

त्यस्तै श्रीलंकाले अब खेल्ने तीन खेलमा दक्षिण अफ्रीका, वेस्टइन्डिज र भारतसँग खेल्ने छ । श्रीलंका सेमिफाइनलमा पुग्न लगभग तिनै खेल या उच्च रनरेटमा दुई खेल जित्नुपर्ने देखिन्छ ।

त्यस्तै बंगलादेशले अब अफगानिस्तान, भारत र पाकिस्तानसँग खेल्ने छ । सेमिफाइनलमा पुग्न बंगलादेशले सबै खेल जित्नै पर्ने अवस्था देखिएको छ ।

त्यस्तै पाकिस्तानले भने अझै ४ खेल खेल्न बाँकी छ, जसमा आजै दक्षिण अफ्रीकासँग खेल्दै छ भने त्यसपछि न्युजील्याण्ड, अफगानिस्तान र बंगलादेशसँग खेल्दै छ । पाकिस्तानले पनि विश्वकपको सेमिफाइनलमा पुग्न कम्तिमा सबै खेल जित्नुपर्ने देखिन्छ ।

अहिलेसम्मको खेल हेर्दा वेस्टइन्डिज, दक्षिण अफ्रीका र अफगानिस्तानको विश्वकप यात्रा भने अब लगभग सकिएको अनुमान गर्न सकिन्छ ।                            
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै