• २०८१ बैशाख ७ शुक्रबार

२५ डलरको कम्प्युटरबाट नासामा साइबर हमला, कयौं फाइल चोरी 

kharibot

अमेरिका । अमेरिकी स्पेस एजन्सी नासामा साइबर हमला भएको छ । यूएस अफिस अफ द इन्स्पेक्टर जनरलको प्रतिवेदनअनुसार नासाको जेट प्रपल्सन ल्याबोरेटोरीको सिस्टममा डाटा ब्रीच भएको छ । यो डाटा ब्रीचमा ५०० एमबीको डाटा चोरी भएको छ । यो साइबर हमलामा २३ ओटा फाइलबाट डाटा चोरी भएको छ । यो ह्याक कसले गरेको हो भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । 

पहिले पनि भएको थियो साइबर हमला 

हाल भएको साइबर हमला पहिलो भने होइन । गत वर्ष पनि नासामाथि साइबर हमला भएको थियो जसबाट धेरै महत्त्वपूर्ण डाटा लिक भएका थिए । 
विशेष कुरा त के भने यो साइबर हमलाका लागि रास्पबेरी पि कम्प्युटिङ सिस्टम प्रयोग गरिएको थियो । यसको मूल्य करीब २५ देखि ३० डलर पर्छ । रास्पबेरी पीआई कम्प्यूटरको आकार क्रेडिटकार्ड जत्रै हुन्छ । 

केकस्ता डाटा लिक भए ? 

प्रतिवेदनका अनुसार साइबर हमलापछि नासाका केही महत्त्वपूर्ण योजनासँग सम्बन्धित डाटा ह्याकरहरुको हात लागेको छ । मंगल ग्रहमा चल्ने कारजस्तै उपकरण क्युरियोसिटी रोभरसँग सम्बन्धित डाटा ह्याकरहरुले पाएका थिए ।

डीप स्पेश नेटवर्कमा पनि आक्रमण 

प्रतिवेदनअनुसार साइबर हमलाका क्रममा ह्याकरहरुले सबैभन्दा पहिला जेपीएल नेटवर्कमा आक्रमण गरेका थिए । उनीहरुले नासाको डीप स्पेस नेटवर्कमा पनि पुग्न सफल भए । अन्तरिक्षमा सम्पर्कका लागि एन्टेना अपरेटका लागि डीप स्पेस नेटवर्कको प्रयोग गरिन्छ ।

नासाले कस्तो कदम चाल्यो ? 

आफ्नो इन्टरनेटमा साइबर हमला भएको थाहा पाएपछि जोनसन स्पेस सेन्टरको सुरक्षा समूहले तत्काल नेटवर्कसँग जोडिएको सिस्टमलाई डिस्कनेक्ट गर्यो । त्यसपछि नासाले सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाएको छ । तथापि, ह्याकरको बारेमा भने अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै