• २०८१ बैशाख ७ शुक्रबार

प्रदेशको नाम अन्तिम चरणमा : मुख्यमन्त्री राई

kharibot

फाइल तस्विर । 

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङग््याइने बताएका छन्र । प्रेस सङ्गठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री राईले प्रदेश १ को नाम सहमतिबाट टुङ्ग््याउने अन्तिम चरणमा पुगेको बताएका छन ।

प्रदेशको नाम किरात, कोशी किरात, सगरमाथा, कोशी सगरमाथा प्रदेशलगायतका विकल्पको विषयमा छलफल भएको बताउँदै उलले भने ‘‘असारको दोस्रो हप्ताभित्र टुङ्गो लगाइसक्छौँ । प्रदेश नं १ को राजधानी विराटनगर राख्ने विषय सबैको सहमतिले पारित भए झैँ प्रदेशको नाम पनि सर्वसम्मत पारित गरिनेछ ।’’

कृषिबाटै प्रदेशका जनताको समृद्धि गर्नका लागि प्रदेश नं १ सरकारले ६० प्रतिशतभन्दा बढी आर्थिक योजना कृषिमा जोड दिएको मुख्यमन्त्री राईले बताए । अहिले सङ्घीयता र गणतन्त्रमाथि चारैतिरबाट प्रहार हुन शुरु गरेको र वर्तमान सङ्घीय सरकार तथा प्रदेश सरकारलाई असफल बनाउन बाह्य तथा भित्री शक्तिहरुसमेत लागिपरेको कारण प्रजातान्त्रिक र गणतान्त्रिक शक्ति एकजुट हुनु पर्नेमा उनले जोड दिए ।

प्रेस सङ्गठन उदयपुरका अध्यक्ष तुलसी कोइरालाको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा प्रदेश नं १ का सांसद विमल कार्की, अम्बिका थापासहित त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी पनि उपस्थित थियाे । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै