• २०८१ बैशाख १३ बिहीबार

विराट कोहलीलाई आइसीसीको जरिवाना

kharibot

काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीलाई आइसीसीले जरिवाना गरेको छ ।

गएराती सम्पन्न अफगानिस्तानविरुद्धको खेलमा कोहलीले एम्पायरसँग नराम्रो व्यवहार गरेको भन्दै खेल फिसको २५ प्रतिशत जरिवाना गरेको छ ।

खेलका क्रममा अफगानिस्तान बलियो स्थितिमा रहेका बेला विराट खेल्न हार्ने डरले अनावश्यक अपिल गर्ने, मैदानमा अवास्भाविक व्यवहार गर्दै गरेको देखिएको थियो । यसै बिचमा एम्पायरले अफगानिस्तानका खेलाडीलाई आउट नदिएपछि एम्पायरसँग बहस गर्न पुगेका थिए ।

आइसीसीले सोहि बहसका आधारमा कोहलीलाई आचारसंहिता उलंघन गरेको आरोप लगाउदै लेवल एकको दोषी बनाएको छ । उनले खेलको २९औ ओभरमा एम्पायरको नजिक गएर गलत तरिकाले एलबीडब्लुको अपिल गरेका थिए ।

कोहलीले आफ्नो गल्ति स्वीकार गरेकाले यस विषयमा अगाडी कुनै सुनुवाई नहुने भएको छ ।

अफगानिस्तानले कडा टक्कर दिएको सो खेल भारतले अन्तत: ११ रनले जितेको थियो ।    
                  
          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै