• २०८१ बैशाख ७ शुक्रबार

अर्जेन्टिना र कोलम्बिया कोपाको क्वाटरफाइनलमा 

kharibot

काठमाडौँ । कोपा अमेरिका अन्तर्गत अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा कतारलाई २-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा सर्जियो अग्युरो र लउटारो मार्टीनेजले एक एक गोल गरेका थिए । खेलको चौथो मिनेटमा नै मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ८२औ मिनेटमा अग्युरोले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर गरेका थिए ।

त्यस्तै समुह बि अन्तर्गत कोलम्बियाले पराग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै समुह बि मा पहिलो हुदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोलम्बियाले समुह चरणका तिनै खेल जितेर ९ अंक हासिल गर्दै पहिलो भएको छ भने अर्जेन्टिना ३ खेलमा एक जित एक बराबरी र एक हारसहित ४ अंक बटुलेर दोस्रो हुदै क्वाटरफाइनलमा पुगेको हो ।

यस समुहबाट कतार बाहिरिएको छ भने पराग्वे भने समुह चरणका अन्तिम खेलको पर्खाइमा रहेको छ । तिन समुहका तेस्रो हुने तीन टिमबाट उत्कृष्ट दुई टिम क्वाटरफाइनलमा पुग्ने हुनाले पराग्वेको सम्भावना अझै सकिएको छैन ।

अब क्वाटरफाइनलमा अर्जेन्टिना भेनेजुएलासँग खेल्ने निश्चित भएको छ ।

समुह चरणका अन्तिम खेल अन्तर्गत अब चिली र उरुग्वे तथा जापान र इक्वेडर मंगलबार बिहान खेल्दै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै