• २०८१ बैशाख ६ बिहीबार

गुठी विधेयक फिर्ता गर्न राष्ट्रिय सभामा पत्र दर्ता

kharibot

काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता गर्न राष्ट्रिय सभामा औपचारिक रूपमा पत्र (लिखित प्रस्ताव) दर्ता गरेको छ ।

गुठी विधेयकको विरोधमा उपत्यकामा आन्दोलन चर्किएपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार सरकारले विधेयक फिर्ता लिन राष्ट्रियसभा सचिवालयमा पत्र दर्ता गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले राष्ट्रिय सभामा शनिबार पत्र दर्ता गरेको संसद् सचिवालयमा दर्ता गरेकी हुन् ।

संसद् नियमावलीअनुसार विधेयक फिर्ता लिन सरकारले संसद्मा प्रस्ताव गर्नुपर्ने र त्यसलाई सम्बन्धित सदनको बहुमतबाट स्वीकृत हुनुपर्ने व्यवस्था छ ।

विधेयक औपचारिक रूपमा फिर्ता गर्नु २४ घण्टाअगाडि संसद्मा प्रस्ताव दर्ता गर्नुपर्ने व्यवस्था छ । राष्ट्रिय सभाको बैठक मंगलबार बस्दै छ । बैठकमा मंगलबार सरकारको विधेयक फिर्ता लिने प्रस्ताव पेस हुने कार्यसूची समेत रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

मन्त्री अर्यालले विधेयक वैशाख १७ गते राष्ट्रिय सभा सचिवालयमा दर्ता गरेकी थिइन् । जेठ १३ गते राष्ट्रिय सभाको बैठकले सामान्य सैद्धान्तिक छलफलपछि दफावार बहसका लागि विधेयक मातहतको विधान व्यवस्थापन समितिमा पठाएको थियो ।

गुठियार र सरोकारवालाको तीव्र विरोध भएपछि मन्त्री अर्यालले असार ३ मा पत्रकार सम्मेलन गरी विधेयक फिर्ता गर्ने घोषणा गरेकी थिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै